बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तानमा निर्वाचन पर्यवेक्षण निकायका निर्देशकको हत्या

अफगानिस्तानमा निर्वाचन पर्यवेक्षण निकायका निर्देशकको हत्या

अफगानिस्तानको निर्वाचन पर्यवेक्षणसम्बन्धी एक राष्ट्रिय स्वतन्त्र निकायका कार्यकारी निर्देशकको हत्या भएको छ।
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

काठमाडौं– अफगानिस्तानको निर्वाचन पर्यवेक्षणसम्बन्धी एक राष्ट्रिय स्वतन्त्र निकायका कार्यकारी निर्देशकको हत्या भएको छ।

National life

देशको राजधानी काबुलमा उनलाई बुधबार गोली हानी हत्या गरिएको प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन्।

निर्वाचन पर्यवेक्षणसम्बन्धी निकायको रूपमा रहेको ‘स्वतन्त्र तथा निश्पक्ष निर्वाचन फाउन्डेसन, अफगानिस्तान (एफईएफए)’ का कार्यकारी निर्देशक मोहम्मद युसाफ रशिदको हत्या भएको प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। 

काबुल प्रहरीका प्रवक्ता फेर्डौस फारामार्जले सिन्ह्वालाई दिएको जानकारीअनुसार हतियारधारीहरूले कार्यकारी निर्देशक रशिदलाई काबुलको चिहिल्स्टुन क्षेत्रमा गोली हानेका थिए। 

सवारी साधनमा हिँडिरहेका बेला गोली प्रहार गरेको र त्यति बेला सवारी साधनमा उनीसँगै सवारी चलक पनि थिए। घटनामा परी ती चालक गम्भीर घाइते भएको र अहिले काबुल अस्पतालमा उपचार भइरहेको जनाइएको छ।     

Laxmi sunrise bank
kumari

ठूलो जनसङ्ख्या रहेको राजधानी काबुलमा लगातार भएको यो घटना पछिल्लो अर्को नराम्रो घटना भएको बताइएको छ।

यसअघि गत मंगलबार मात्रै राजधानी काबुलमा भएको विस्फोटनको घटनामा परी दुई महिला चिकित्सकसहित चार जनाको मृत्यु भएको थियो भने केही घाइते भएका थिए। त्यही दिन एक सैनिक उच्च अधिकारीको पनि गोली हानी हत्या भएको थियो।  

प्रकाशित: Dec 24, 2020| 02:50 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।