बिहीबार, फागुन २८, २०८२

यी नौ देशमा लगाउन थालियो कोरोनाविरुद्धको खोप

विकसित देशहरूले डिसेम्बर सुरु भएपछि आफ्ना नागरिकलाई खोप दिन सुरु गरेका छन्। 
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

संसारमा कोरोना महामारी सुरु भएको १३ महिनापछि खोप तयार भएको छ। यद्यपि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कुनै कम्पनीको खोपलाई आधिकारिक मान्यता दिएको छैन।

National life

तर विकसित देशहरूले डिसेम्बर सुरु भएपछि आफ्ना नागरिकलाई खोप दिन सुरु गरेका छन्। खोप अभियानसँगै संसार कोरोना महामारीबाट मुक्त हुने विश्वास छ। 

चीन, रुस जस्ता देशले आफ्नै देशमा उत्पादित खोप दिन थालेका छन् भने अन्य देशले बायोनटेक–फाइजर र मोर्डेना कम्पनीबाट उत्पादित खोप दिन सुरु गरेका छन्। 

मेक्सिको

मेक्सिकोमा कोरोना भाइरस विरुद्धको खोप अभियानको नेतृत्व त्यहाँको सेनाले लिएको छ। बायोनटेक–फाइजरको एक लाख २५ हजार डोज खोप खरिद गरी दिन थालिएको त्यहाँका अधिकारीहरूले बताएका छन्। प्रारम्भिक चरणमा राजधानी मेक्सिको सिटी र दक्षिणी राज्य कोआइलाका स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप दिइने बताइएको छ।

Laxmi sunrise bank
kumari

इजरायल

इजरायलमा २० डिसेम्बरबाट खोप दिन थालिएको हो। पहिलो दिन स्वास्थ्य कर्मचारी, प्रधानमन्त्री र सेनाका केही अधिकारीहरुलाई खोप लगाइएको थियो।

आजसम्म ६० वर्षभन्दा माथिका व्यक्तिलाई बायोनटेक–फाइजरको खोप लगाइएको छ। ८८ लाख जनसंख्या रहेको इजरायलमा जनवरी अन्त्यसम्म २० लाख मानिसलाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य छ।

अमेरिका

अमेरिकाले बायोनटेक–फाइजर र मोर्डेनाको खोपलाई अनुमति दिइएको छ। अमेरिकामा १४ डिसेम्बारबाट खोप दिन थालिएको हो। नवनिर्वाचित राष्ट्रपति जोन बाइडनले पनि खोप लगाइसकेका छन्।

उनले खोपको तयारीका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यको प्रशंसा गरेका छन्।

बेलायत

बेलायत कोरोना भाइरस विरुद्धको खोप लगाउने पहिलो युरोपेली मुलुक हो। त्यहाँ डिसेम्बर ७ देखि बायोनटेक–फाइजर कम्पनीबाट उत्पादित खोप लगाउन थालिएको छ।

पहिलो चरणमा चार लाख नागरिकलाई खोप लगाउने योजना छ। तिनमा स्वास्थ्यकर्मी र ८० वर्षभन्दा माथिका नागरिकलाई प्राथमिकता दिइएको छ। तर यही बीचमा बेलायतमा कोरोना भाइरसको नयाँ संक्रमण फैलिएको छ।

क्यानडा

क्यानडाको स्वास्थ्य नियमनकारी संस्थाले डिसेम्बर सुरुमै बायोनटेक–फाइजरको खोप लगाउन आपतकालीन अनुमति दिएको थियो। क्यानडाले दुई लाख ४९ हजार डोज खोप खरिद गरिसकेको छ। त्यहाँ सबैभन्दा पहिला स्वास्थ्य सेवामा खटिएका कर्मचारीलाई खोप लगाइएको छ।

रुस

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले डिसेम्बर सुरुमा खोप अभियान थाल्ने घोषणा गरेका थिए। यति बेला रुसमा चिकित्सक, शिक्षक, सामाजिक कार्यकर्तालाई रुसमै उत्पादित स्पुतनिक ५ खोप दिने क्रम जारी छ।

राजधानी मस्कोका क्लिनिकहरुले पनि खोप लगाउने अभियान सुरु गरेका छन्।

बहराइन

बहराइन कोरोना भाइरस विरुद्धको खोप दिने पहिलो अरब मुलुक बनेको छ। त्यहाँ पनि बायोनटेक–फाइजर कम्पनीबाट उत्पादित खोप दिने क्रम जारी छ। खोप लगाउन अलनाइनमार्फत नाम दर्ता गर्नुपर्छ। बराइनले चिनियाँ खोपको पनि प्रयोग गर्ने बताइएको छ।

स्विट्जरल्यान्ड

स्विट्जरल्यान्डले दुई महिनासम्मको समीक्षापछि डिसेम्बर १९ मा बायोनटेक–फाइजरको खोपलाई अनुमति दिएको छ। पहिलो चरणमा आकस्मिक सेवामा खटिने स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिकलाई खोप दिन थालिएको छ।

८५ लाख जनसंख्या भएको स्विट्जरल्यान्डमा तीन अलगअलग खोप कम्पनीसँग एक करोड ८५ लाख डोज खरिद गर्ने सम्झौता भइसकेको छ।

चीन

चीनले डिसेम्बर १८ मा जोखिममा रहेका पाँच करोड नागरिकलाई खोप लगाउने घोषणा गरेको छ। पहिलो चरणमा जनवरी १५ सम्म अढाइ करोड चिनियाँलाई खोप दिने तयारी छ।

चीन आफैंले खोप निर्माण गरेको छ। चीनमा निर्माण भएको खोप यूएई र पाकिस्तानमा पनि परीक्षण गरिएको छ। -एएफपी
 

प्रकाशित: Dec 23, 2020| 11:09 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।