आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • देउवानिकट केन्द्रीय सदस्यहरुले भने- चुनावको स्वागत गरौँ

देउवानिकट केन्द्रीय सदस्यहरुले भने- चुनावको स्वागत गरौँ

नेपाली कांग्रेसकोे केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा निकटका केन्द्रीय सदस्यहरुले चुनावको स्वागत गर्नुपर्ने बताएका छन्। 
 |  मंगलबार, पुस ७, २०७७

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

मंगलबार, पुस ७, २०७७

काठमाडौं– नेपाली कांग्रेसकोे केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा निकटका केन्द्रीय सदस्यहरुले चुनावको स्वागत गर्नुपर्ने बताएका छन्। 

National life

सोमबार केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा देउवा पक्षधर नेताहरु एनपी साउद र डा. नारायण खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको मध्यावधि चुनावको स्वागत गर्नुपर्ने बताएका हुन्।  

‘प्रधानमन्त्रीले जनादेश लिन्छु भन्ने, तर हामी विपक्षमा बस्नेचाहिँ डराउने ?,’ साउदले बैठकमा राखेको अभिव्यक्तिलाई उद्धृत गर्दै स्रोतले भन्यो।  

यस्तै डा. खड्काले अन्त्यहिन आन्दोलन गर्न नहुनेमा जोड दिएका छन्। आन्दोलनको निष्कर्ष के निस्कन्छ भनेर आकलन नगरी आन्दोलन गर्न नहुने उनको भनाइ थियो। ‘अन्त्यहिन आन्दोलन पनि कसैले गर्छ ? त्यसको निष्कर्ष के निस्कन्छ?,’ खड्काले भनेका थिए।  

देउवा निकट  नेताहरुले निर्वाचनको स्वागत गर्नुपर्ने अभिव्यक्ति दिएपछि संस्थापन इतर समूह भने झस्किएको छ। ‘उहाँहरुको अभिव्यक्ति नै शेरबहादुर दाइको अभिव्यक्ति हो भने विषय निकै गम्भीर छ,’ संस्थापन इतर समूहका एक केन्द्रीय सदस्यले भने, ‘उहाँहरुको भनाइ व्यक्तिगत हो भने हेर्दै जाऔं के निष्कर्ष निस्कन्छ।’ 

Laxmi sunrise bank
kumari

महेश आचार्यको प्रस्ताव : नेकपाको गल्तीका विरुद्ध नेकपासँगै मिलेर आन्दोलन नगरौं

बैठकमा नेता महेश आचार्यले नेकपाले गरेका गल्तीका विरुद्धमा नेकपासँगै मिलेर आन्दोलन गर्न नहुने बताएका थिए। उनले संसद् विघटन गर्ने र मध्यावधि घोषणा गर्नुमा प्रधानमन्त्री केपी शर्मा ओली जत्तिकै अन्य नेताहरुको पनि दोष रहेको बताएका थिए।

‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, नियुक्ति, संसद् विघटन र मध्यावधि घोषणा गर्ने काममा प्रधानमन्त्री जत्तिकै दोष नेकपाको पनि छ,’ बैठकमा आचार्यले भनेका थिए, ‘त्यसैले नेकपाले गरेको गल्तीका विरुद्ध नेकपासँगै मिलेर आन्दोलन नगरौं। कांग्रेस एक्लैले आन्दोलन गर्नुपर्छ।’ 

बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत बोलेका थिए। देउवाले ओलीको कदम सर्वसत्तावादी भएको र त्यसका विरुद्ध कांग्रेसले जिम्मेवार भएर अघि बढ्नुपर्ने बताएका थिए।  

वरिष्ठ नेता पौडेलले भने ओलीले चुनाव गराउनलाई मिति घोषणा नगरेको बताएका थिए। ‘सरकारको कदमविरुद्ध एक्लै आन्दोलन गर्ने हो कि मिलेर गर्ने हो निष्कर्ष निकालौं। यो चुनाव गराउनलाई मिति घोषणा गरेकै होइन। ओलीले चुनाव गराउँदैनन्। संविधानको रक्षा गर्नेहरु इमान्दर ढंगले अघि बढ्नुपर्छ।’ 

सोमबारबाट सुरु भएको बैठक केही दिन चल्नेछ। बैठक भोलि दिँउसो १ बजे पुनः बस्नेछ। 
 

प्रकाशित: Dec 22, 2020| 11:12 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।