बिहीबार, असोज १, २०८३

लगानीको वातावरण सुधार्न गृहकार्य भइरहेको छ : गोल्छा

नेपाल रत्न तथा आभूषण संघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत तथा सम्मान गरेको छ। 
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं- नेपाल रत्न तथा आभूषण संघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत तथा सम्मान गरेको छ। 

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रको विभिन्न समस्याहरू समाधान गर्न पहल गर्ने बताएका छन्। यसका लागि हालै महासंघभित्र समिति र फोरम गठन गरिएको उनको भनाइ छ। 

नेपाली गरगहनाको निर्यातमा चुनौती रहेको बताउँदै उनले उच्च मूल्य प्राप्त गर्न सकिने सुनचाँदी गरगहनाको निर्यातका लागि रत्न तथा आभूषण संघसँग सहकार्य गर्ने बताए।

लगानीको वातावरणलाई सुधार्ने र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने विषयमा योजनासहित काम भइरहेको उनको भनाइ छ। 

त्यसैगरी वस्तुगततर्फका उपाध्यक्ष अन्जन श्रेष्ठले सुनको अभावले व्यवसायी र कालीगढ पलायन हुन सक्ने जोखिम भएको भन्दै सो समस्या समाधान गर्न प्रयास गर्ने बताए।

कार्यक्रममा नेपाल रत्न तथा आभूषण संघका पूर्वअध्यक्ष सुरेश श्रेष्ठले नेपाली रत्न तथा आभूषणको व्यवसायमा दक्ष कामदारको समस्या रहेको र त्यसलाई समाधान गर्न कठिन भएको बताए।

नेपाली स्टोनहरूलाई उत्खनन गरेर विदेशमा महँगो मूल्यमा निर्यात गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ। त्यसका लागि पहल जरुरी रहेको उनी बताउँछन्। 

रत्न तथा आभूषण संघबाट अध्यक्ष ज्योत्सना श्रेष्ठका साथै अन्य तीनजना समेत महासंघकाे कार्यसमिति सदस्यमा निर्वाचित भएका छन्।

श्रेष्ठले नेपाली गरगहना गुणस्तरीय भए पनि सो अनुसार सरकारले निर्यात प्रोत्साहन गर्न नसकेको बताइन्। 

उनले दक्ष कामदारको अभाव, सुन आयातमा कोटा, स्पष्ट नीति नियमको अभाव हुँदा रत्न तथा आभूषण व्यवसायीहरूले पटक-पटक समस्या बेहोर्नु परिरहेको बताइन्।

प्रकाशित: Dec 21, 2020| 12:36 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्