काठमाडौं। बैंक अफ काठमाण्डू र तिनाउ इन्टरनेशनल हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार तिनाउ हस्पिटलमा बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेटिड कार्डको माध्यमबाट भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट पाइनेछ।
सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक सरिता श्रेष्ठ र तिनाउ इन्टरनेशनल हस्पिटल बुटवलका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ जोशीले हस्ताक्षर गरे।
बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई सुविधा प्रदान गर्दै आइरहेको छ।