बिहीबार, असोज १, २०८३

ग्लोबल आइएमई बैंकद्वारा दुई शाखारहित सेवाको शुरुआत

ग्लोबल आइएमई बैंकले बर्दियाको राजापुर बजार र बाग्लुङको लेखनीमा दुई शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं– ग्लोबल आइएमई बैंकले बर्दियाको राजापुर बजार र बाग्लुङको लेखनीमा दुई शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।

यी दुईसहित बैंकको शाखारहित सेवा संख्या २४१ पुगेको छ।

बैंकले राजापुर शाखारहित बैंकिङ सेवाको संस्थागत प्रतिनिधिको रुपमा पौडेल ट्रेडर्सलाई नियुक्त गरेको छ। 

यसैगरी लेखनी शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा योगनाथ कंडेललाई नियुक्त गरिएको छ।

शाखारहित बैंकिङ सेवाबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्नेलगायत सेवा दिइने बैंकले जनाएको छ। 

प्रकाशित: Dec 21, 2020| 11:49 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्