बिहीबार, असोज १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वाणिज्य बैंकहरूले मंसिरमा ४९ अर्ब कर्जा प्रवाह गरे, ४६ अर्ब निक्षेप संकलन 

वाणिज्य बैंकहरूले मंसिरमा ४९ अर्ब कर्जा प्रवाह गरे, ४६ अर्ब निक्षेप संकलन 

वाणिज्य बैंकहरूले मंसिर महिनामा निक्षेपभन्दा ३ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह गरेका छन्।
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं– वाणिज्य बैंकहरूले मंसिर महिनामा निक्षेपभन्दा ३ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह गरेका छन्। 

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार मंसिर महिनामा मात्र वाणिज्य बैंकहरूले ४९ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका हुन्। 

कात्तिक २८ गतेसम्ममा वाणिज्य बैंकहरूको कर्जा ३० खर्ब ५२ अर्ब रहेकोमा मंसिर २६ गतेसम्म बढेर ३१ खर्ब १ अर्ब पुगेको हो। 

त्यस्तै निक्षेपतर्फ वाणिज्य बैंंकहरूले मंसिरमा ४६ अर्ब रुपैयाँ संकलन गरेका छन्। कात्तिक २८ गते वाणिज्य बैंकहरूसँग ३६ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप रहेकोमा मंसिर २६ गते निक्षेप ३६ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जनाएको छ। 

त्यस्तै पुसको पहिलो हप्ता वाणिज्य बैंकहरूले २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। 


 

प्रकाशित: Dec 21, 2020| 10:34 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्