मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तानको राजधानी काबुलमा विस्फोट हुँदा ८ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा विस्फोट हुँदा ८ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा एउटा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ।
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

एजेन्सी- अफगानिस्तानको राजधानी काबुलमा एउटा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ। घटनामा सांसद तथा केही बालबालिकासहित १५ जना घाइते भएका छन्।

आज दिउँसो भएको विस्फोटमा महिला, वृद्धवृद्धा तथा बालबालिकासमेत परेको त्यहाँको गृहमन्त्रालयका प्रवक्ता तारिक अरियनले बताएका छन्। ‘आतंककारीहरुले राजधानी काबुल सहरमा आतंकवादी हमला गरेका छन्’, प्रवक्ता अरिएनले भनेका छन्।

त्यहाँका एक सांसद खान मोहम्मद चढिरहेको गाडीलाई लक्षित गरी आक्रमण गरिएको बताइएको छ। उनी चढेको गाडीमा भएको आक्रमणमा आसपासका सार्वजनिक सवारीमा चढेका मानिसहरुसमेत चपेटामा आएका हुन्।

शक्तिशाली बम विस्फोटबाट आसपासका घरमासमेत क्षति पुगेको छ। विस्फोटपछि दुईवटा कारमा आगलागी भएको र घटनास्थल धुवाँले भरिएको अधिकारीहरुले जनाएका छन्।

प्रकाशित: Dec 20, 2020| 09:44 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।