सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • टर्कीको कोरोना अस्पतालमा अक्सिजन भेन्टिलेटर विस्फोट, ९ संक्रमितको मृत्यु

टर्कीको कोरोना अस्पतालमा अक्सिजन भेन्टिलेटर विस्फोट, ९ संक्रमितको मृत्यु

टर्कीको गाजियान्टेप शहरमा रहेको सान्को युनिभर्सिटी अस्पतालमा अक्सिजन भेन्टिलेटर विस्फोट हुँदा ८ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अर्को अस्पतालमा लैजादै गर्दा बाटोमा मृत्यु भएको बीबीसीले लेखेको छ। 
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं- टर्कीको एउटा कोरोना अस्पतालमा अक्सिजन भेन्टिलेटर विस्फोट हुँदा ९ कोरोना संक्रमितको मृत्यु भएको छ ।

टर्कीको गाजियान्टेप शहरमा रहेको सान्को युनिभर्सिटी अस्पतालमा अक्सिजन भेन्टिलेटर विस्फोट हुँदा ८ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अर्को अस्पतालमा लैजादै गर्दा बाटोमा मृत्यु भएको बीबीसीले लेखेको छ। 

विस्फोटपछि अस्पतालभित्र रहेका बिरामीलाई बाहिर निकाल्ने क्रममा डाक्टर, नर्स, सुरक्षा गार्डलगायत ५० भन्दा बढी अस्पतालका कर्मचारी घाइते भएको अलजजिराले उल्लेख गरेको छ। 

अधिकांशको मृत्यु भेन्टिलेटर विस्फोट हुँदा अक्सिजनको मात्रामा भएको कमीले भएको आशंका गरिएको छ ।

मृत्यु हुनेमा ५६ देखि ८५ बर्ष उमेर समुहका रहेका छन् । घटना लगत्तै सो अस्पतालमा उपचाररत बिरामीहरुलाई अन्य अस्पतालमा सारिएको छ ।

टर्कीमा करीब २० लाखलाई कोरोना संक्रमण हुँदा १७ हजार ६ सय बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित: Dec 20, 2020| 02:10 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।