सोमबार, साउन ११, २०८३

कतारमा कोरोनाविरुद्धको खोप पर्सि पुग्ने

कतारमा कोरोनाविरुद्धको खोप पर्सि (सोमबार) पुग्ने भएको छ।
 |  शनिबार, पुस ४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ४, २०७७

एजेन्सी- कतारमा कोरोनाविरुद्धको खोप पर्सि (सोमबार) पुग्ने भएको छ।

कतारका प्रधानमन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुलाजिज अल थानीले कतारले कोरोनाविरुद्धको खोप सोमबार प्राप्त गर्ने ट्वीटरमार्फत जानकारी दिएका हुन्।

उनले कतारमा सोमबार कोरोनाविरुद्धको खोप आइपुग्ने र आफ्नो देशका सबै नागरिकले कोरोनाविरुद्धको खोप प्राप्त गर्ने ट्वीरमा उल्लेख गरेका छन्।

कतारमा बेलायती कम्पनी फाइजर बायोएनटेक कम्पनीको खोप आइपुग्न लागेको हो। कतारमा खोप सोमबार आइपुगे पनि कहिलेदेखि लगाउने भन्नेबारे भने स्पष्ट पारिएको छैन।

कतारमा हालसम्म १ लाख ४१ हजार ८५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २४३ जनाको मृत्यु भइसकेको छ भने १ लाख ३९ हजार ५२१ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: Dec 19, 2020| 14:23 शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।