आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • टर्कीको एक अस्पतालमा अक्सिजन मेसिन विस्फोट, ९ जनाको मृत्यु

टर्कीको एक अस्पतालमा अक्सिजन मेसिन विस्फोट, ९ जनाको मृत्यु

टर्कीको गाजियनटेप प्रान्तमा रहेको एक निजी लगानीको अस्पतालमा शनिबार आगलागी हुँदा त्यहाँ उपचाररत कम्तीमा ९ व्यक्तिको मृत्यु भएको छ। 
 |  शनिबार, पुस ४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ४, २०७७

टर्की। टर्कीको गाजियनटेप प्रान्तमा रहेको एक निजी लगानीको अस्पतालमा शनिबार आगलागी हुँदा त्यहाँ उपचाररत कम्तीमा ९ व्यक्तिको मृत्यु भएको छ। 

National life

टर्कीका स्वास्थ्यमन्त्री फारेटिन कोकाले अस्पतालमा रहेको अक्सिजनको मेसिन विस्फोट भई आगलागी सुरु भएको ट्वीटरमा उल्लेख गरेका छन्। 

गाजियनटेपको गभर्नर कार्यालले यसअघि एक विज्ञप्ति जारी गरी निजी स्वामित्वमा रहेको सानी कोनुकुग्लु अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भएको ग्यास विस्फोटका कारण ९ जनाको मृत्यु भएको र त्यहाँ रहेका अन्य ११ जना सामान्य घाइते भएको जानकारी गराएको थियो।

घाइते सबैजनालाई उपचारका लागि अन्य अस्पतालमा पठाइएको तर आगलागीसम्बन्धी घटना नभएको प्रान्तीय अधिकारीले दाबी गरेका थिए।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार अस्पतालको आईसीयूमा शनिबार बिहान अक्सिजन उत्पादन गर्ने मेसिन पड्किँदा केही व्यक्तिको मृत्यु भएको र अन्य केही घाइते भएका छन्।

अस्पतालको अक्सिजन आपूर्ति प्रणाली प्रभावित भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: Dec 19, 2020| 14:06 शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।