बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • गरिब राष्ट्रहरूमा २०२१ को सुरुबाटै कोरोनाविरुद्धको खोप पठाउन थालिने

गरिब राष्ट्रहरूमा २०२१ को सुरुबाटै कोरोनाविरुद्धको खोप पठाउन थालिने

गरिब राष्ट्रहरूमा सन् २०२१ को सुरुदेखि नै कोरोनाविरुद्धको खोप पठाउन थालिने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शुक्रबार जनाएको छ।
 |  शुक्रबार, पुस ३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३, २०७७

जेनेभा- गरिब राष्ट्रहरूमा सन् २०२१ को सुरुदेखि नै कोरोनाविरुद्धको खोप पठाउन थालिने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शुक्रबार जनाएको छ।

National life

डब्ल्यूएचओ र त्यसका साझेदारहरूले कोभ्याक्सलगायतका खोप शीघ्र उपलब्ध हुन सक्ने बताएका हुन्। उनीहरूले सबैलाई पुग्ने गरी बनाउने तयारी भइरहेको जनाएका छन्। 

विश्व समुदायका लागि झण्डै दुई अर्ब मात्रा खोप सुरक्षित गर्न लागिएको स्वास्थ्य निकायका अधिकारीहरूले जानकारी दिएका छन्।  

संगठनले जारी गरेको वक्तव्यमा लेखिएको छ, “सबै देशले कोरोनाविरुद्धको खोप किनेर लैजान सक्दैनन्, ती देशहरूमा पनि सन् २०२१ को सुरुदेखि नै खोप पठाइने छ।”

अँध्यारो सुरुङमा पनि थोरै उज्यालो हुन्छ भने झैँ महामारीका बेला पनि गरिब मुलुकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने प्रयास भइरहेको डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले जानकारी दिए। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 18, 2020| 15:31 शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।