बिहीबार, फागुन २८, २०८२

भारतमा आगामी जनवरीबाट कोरोनाको खोप लगाइने 

भारतमा आगामी जनवरी महिनादेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ।
 |  शुक्रबार, पुस ३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३, २०७७

एजेन्सी- भारतमा आगामी जनवरी महिनादेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ।

National life

त्यहाँको स्वास्थ्य विभागका अधिकारीहरुले आगामी जनवरीदेखि कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको उल्लेख गरेको बीबीसीले जनाएको छ।

अधिकारीहरुका अनुसार आगामी केही हप्तामा केही कम्पनीका खोपले भारतमा आपतकालीन प्रयोगको अनुमति प्राप्त गर्दैछन्।

भारतमा दुई कम्पनीले खोपको आपतकालीन प्रयोगको अनुमति मागिसकेका छन् भने ६ वटा अन्य कम्पनीको खोप क्लिनिकल ट्रायलका क्रममा छ।

भारत सरकारको योजनाअनुसार आगामी ३० अगस्टसम्म ३० करोड जनालाई खोप दिने तयारी छ।

Laxmi sunrise bank
kumari

भारतमा कोरोना भाइरसबाट एक करोडभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन्। हालसम्म १ लाख ४४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

तर पछिल्ला दिनहरुमा भारतमा संक्रमितको संख्या घट्दै गएको छ।

भारतमा हाल भारतकै सीरम इस्टीच्युट र बेलायतको एस्ट्राजेनेकाको सहयोगमा बनेको कोभिशिल्ड खोप र कोभ्याक्सिनको चर्चा छ। कोभ्याक्सिनलाई भारत बायोटेक र आईसीएमआरले बनाएका हुन्।

प्रकाशित: Dec 18, 2020| 13:28 शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।