बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • लेबनानका पूर्वप्रधानमन्त्री हरिरि हत्याका दाेषीलाई आजीवन कारावासको फैसला

लेबनानका पूर्वप्रधानमन्त्री हरिरि हत्याका दाेषीलाई आजीवन कारावासको फैसला

लेबनानका पूर्वप्रधानमन्त्री रफिक हरिरि र अरू २१ जनाको हत्यामा संलग्न भएको अभियोगमा एक व्यक्तिलाई आजीवन जेल सजायको फैसला भएको छ। 
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

लेबनान। लेबनानका पूर्वप्रधानमन्त्री रफिक हरिरि र अरू २१ जनाको हत्यामा संलग्न भएको अभियोगमा एक व्यक्तिलाई आजीवन जेल सजायको फैसला भएको छ। 

National life

सन् २००५ मा भएको सो घटनामा संलग्न भएको ठहर गर्दै विद्रोही समूह हेजबुल्लाका एक कार्यकर्तालाई आजीवन जेल सजाय तोकिएको हो।

राष्ट्रसंघीय अदालतले ५७ वर्षीय सलिम अयाशलाई आजीवन जेल सजाय गर्न शुक्रबार फैसला गरेको जनाइएको छ।

उनले आत्मघाती बम आक्रमण गर्दा अर्बपति राजनीतिज्ञसहित २२ जनाको मृत्यु भएको ठहर गरिएको बताइएको छ।

घटनामा धेरैजनाको मृत्यु भएकाले उनलाई अदालतले आजीवन कारावासको पाँच गुणा बढी सजाय हुनुपर्ने जनाएको छ। 

Laxmi sunrise bank
kumari

दर्दनाक र अति चर्चित सो घटनामा परी अरू २२६ जना घाइते समेत भएका थिए। 

उनलाई आजीवन कारावासको सजाय फैसला गर्दै राष्ट्रसंघीय अदालतका प्रधान न्यायाधीश डेभिड रेले भने, ‘अयाश आमनरसंहारमा संलग्न भएको पुष्टि भएको छ, त्यसैले उनलाई आजीवन कारावासको सजाय तोकिएको छ।’

मुद्दाको सुनुवाइका क्रममा सहभागी न्यायाधीशहरूले यस घटनामा संलग्न दोषीलाई आजीवन कारावासको पाँच गुणा बढी सजाय हुनुपर्नेमा सहमति जनाएको पनि उनले जानकारी दिए। 

जघन्य अपराधमा संलग्न दोषीको रूपमा अयाशलाई अदालतले अन्तर्राष्ट्रिय पक्राउ पुर्जी पनि जारी गरेको छ।

हेजबुल्लाहका प्रमुखले भने अदालतको फैसलाप्रति आपत्ति जनाउँदै पूर्वाग्रहका आधारमा फैसला गरेको आरोप लगाएका छन्। 

यस घटनामा मारिएका लेबनानका पूर्वप्रधानमन्त्री हरिरिले सन् २००४ को अक्टोबरमै राजीनामा दिइसकेका थिए। त्यसपछिको २००५ को फेब्रुअरीमा उनको हत्या भयो। रासस

प्रकाशित: Dec 11, 2020| 15:32 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।