शुक्रबार, भदौ २६, २०८३

अब त्रिविले भौतिक उपस्थितिमै कक्षा चलाउने 

अनलाइनमार्फत कक्षा सञ्चालन गर्दै आएको त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अब विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा चलाउने भएको छ । 
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

काठमाडौं- अनलाइनमार्फत कक्षा सञ्चालन गर्दै आएको त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अब विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा चलाउने भएको छ । 

त्यसकालागि अनुमति लिने देखि क्याम्पसहरु तयार बनाउने कामसम्म भएको त्रिविले जनाएको छ ।

त्रिवि मातहतका  धेरै क्याम्पसबाट भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सक्ने माग गरिएपछि आफूहरूले त्यसका लागि स्वीकृति दिएको विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले जानकारी दिए ।

अनलाइन कक्षामा सबै विद्यार्थीको पहुँच स्थापित हुन नसकेको गुनासो आएकाले संक्रमण अत्यन्त न्यून भएको स्थानमा भौतिक उपस्थितिमै कक्षा चलाउन अनुमति प्रदान गरिएको उनले बताए । 

भौतिक उपस्थितिमा कक्षा सञ्चालन नहुँदा लाखौँ विद्यार्थी उच्च शिक्षाको नियमित अध्ययनबाट वञ्चित भएपछि विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निचोडमा विश्वविद्यालय पुगेको हो ।

खासगरी विश्वविद्यालय मातहतका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने वार्षिक परीक्षा प्रणाली अन्तर्गतका विद्यार्थी अनलाइनमा जोडिन नसकेका कारण भौतिक रूपमा कक्षा सञ्चालन गर्ने कुरालाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको जनाइएको छ ।

विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीको अध्ययन गर्ने स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीका लागि अनलाइन कक्षा सञ्चालन गर्नसकेको छैन ।

संक्रमण फैलिएको स्थानमा भने अनलाइन कक्षालाई निरन्तरता दिने त्रिविले जनाएको छ । काठमाडौं उपत्यकासहित मुख्य सहरमा भने अझै अनलाइन कक्षाबाटै पठनपाठन गरिने शिक्षाध्यक्ष भुसालले बताए । 

प्रकाशित: Nov 30, 2020| 02:18 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।