बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १८६ देशमा कोभिड-१९ विरुद्धको खोप खरिदका लागि बोलपत्र आह्वान

१८६ देशमा कोभिड-१९ विरुद्धको खोप खरिदका लागि बोलपत्र आह्वान

१८६ देशमध्ये न्यून आय भएका ९२ वटा देशले कोभ्याक्स फसिलिटीअन्तर्गतको अग्रिम बजार प्रतिबद्धता (एएमसी) मार्फत आर्थिक सहयोग प्राप्त गर्नेछन्।
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

न्युयोर्क/वासिंटन डीसी-  युनिसेफ र पान अमेरिकी स्वास्थ्य संगठन (पीएएचओ) ले कोभिड-१९ विरुद्धको खोप आपूर्तिका लागि खोप विकासकर्तासँग प्रस्ताव माग गरेका छन्। यी दुई संस्थाले बोलपत्रमार्फत खोप आपूर्तिका लागि प्रस्ताव माग गरेका हुन्।  

६ सातासम्म चल्ने बोलपत्र प्रक्रियामार्फत गावीको व्यवस्थापनमा कोभ्याक्स फसिलिटीका तर्फबाट कम्तीमा दुई अर्ब कोभिड-१९ विरुद्धको खोप आपूर्ति गर्ने लक्ष्य छ। 

उक्त सहकार्यमा १८६ वटा देश आबद्ध छन्। ती देशलाई  गुणस्तरीय खोप समान एवं तीव्र रूपमा प्रदान गर्नु बोलपत्र प्रक्रियाको उद्देश्य रहेको युनिसेफले जनाएको छ।  

गावीलाई अग्रिम रूपमा बिक्री गर्ने प्रतिबद्धता व्यक्त गरेका एवं खोप विकासका लागि महामारी विरुद्धको तयारी गठबन्धन (सीईपीआई) सँग सम्झौता गरिसकेका तथा २०२१ को अन्त्यसम्म आपूर्ति सुरु गर्न सक्ने अपेक्षा राखेका सबै उत्पादकहरूलाई बोलपत्र पेस गर्न आह्वान गरिएको हो। 

युनिसेफले भनेको छ, 'कोभिड-१९ विरुद्धको गुणस्तरीय खोप सुरक्षित गर्न नौलो प्रकारको खरिद प्रक्रिया आवश्यक पर्दछ, जसमा युनिसेफ तथा पान अमेरिकी स्वास्थ्य संगठनद्वारा संयुक्त रूपमा आह्वान गरिएको बोलपत्रका लागि खोप उत्पादकहरूले प्रस्ताव पेस गर्नका लागि १८६ देशमा आवश्यक पर्ने खोपको संख्या सम्बन्धमा गरिने अध्ययन पनि समावेश हुन्छ।' 

उक्त प्रक्रियाले विभिन्न प्रविधिको प्रयोगमार्फत सम्भावित उत्पादकबाट तयार हुने अनुमति प्राप्त खोप विश्व बजारकै सर्वाधिक कम मूल्यमा प्राप्त गर्दै उच्चतम आपूर्ति कायम गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ। 

१८६ देशमध्ये न्यून आय भएका ९२ वटा देशले कोभ्याक्स फसिलिटीअन्तर्गतको अग्रिम बजार प्रतिबद्धता (एएमसी) मार्फत आर्थिक सहयोग प्राप्त गर्नेछन्। जसअन्तर्गत विश्व बैंकद्वारा न्यून तथा मध्यम न्यून आय भएका देशको रूपमा परिभाषित एवं अन्तर्राष्ट्रिय विकास सहायता प्राप्त गर्न योग्य देशहरू पर्दछन्।

एमसीमा आबद्ध देशमध्ये अमेरिकी महादेशबाहिरका ८२ वटा देशका लागि खोप खरिद गर्न युनिसेफले नेतृत्व गर्नेछ भने पीएएचओले अमेरिकी महादेशमा रहेका १० वटा सदस्य राष्ट्रका लागि खोप खरिद गर्नेछ। 

कोभ्याक्स फसिलिटीमा आबद्ध तर आफ्नै लगानीमा खोप खरिद गर्ने देशहरूले यसमार्फत गरिएका सम्झौताका मुख्य बुँदामा आधारित रहेर आफैंले वा युनिसेफ तथा पीएएचओमार्फत पनि खरिद गर्न सक्छन्। 

अमेरिकी महादेशमा रहेका इच्छुक सदस्य राष्ट्रहरूका लागि पीएएचओले खरिद गर्नेछ भने हालसम्म २८ वटा देशले कोभ्याक्स फसिलिटीसँग आफ्नै खर्चमा खोप खरिद सम्झौता गरिसकेका छन्। 

खरिद तथा हस्तान्तरण कार्यमा सहजीकरणका लागि दीर्घकालीन सम्झौता गर्नुका साथै युनिसेफ र पीएएचओले कोभ्याक्स फसिलिटीको सहजीकरणमा खोप खरिद सम्बन्धी अग्रिम प्रतिबद्धतामा आबद्ध गराउन थप देशको पहिचानसमेत गर्नेछन्। 

आपूर्ति व्यवस्थित गर्ने कार्यमा कोभिड-१९ विरुद्ध खोपमा निष्पक्ष र समान पहुँचसम्बन्धी विश्व स्वास्थ्य संगठनद्वारा जारी प्रारूपले मार्गनिर्देश गर्नेछ। उत्पादकहरूले न्युन आय भएका देशमा युनिसेफ र पीएएचओसँगका सर्तबमोजिम खोप आपूर्ति गर्नेछन्।  

प्रमुख नियामक निकायहरूसँगको समन्वयमा विश्व स्वास्थ्य संगठनले सबै खोपहरूको सुरक्षा, प्रभावकारिता एवं गुणस्तर प्रमाणित गर्नेछ। कोभिड-१९ विरुद्धको खोपमा शीघ्र पहुँच सुनिश्चित गर्न युनिसेफ र पीएएचओले योग्य उत्पादकहरूसँग आपूर्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने लक्ष्य लिएका छन्।  

प्रकाशित: Nov 27, 2020| 06:52 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।