बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कञ्चनपुरमा युवक मृत भेटिए, घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुर

कञ्चनपुरमा युवक मृत भेटिए, घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुर

कञ्चनपुरमा मृत भेटिएका युवकको हत्या आशंकामा प्रहरीले अनुसन्धान थालेको छ। 
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

धनगढी- कञ्चनपुरमा मृत भेटिएका युवकको हत्या आशंकामा प्रहरीले अनुसन्धान थालेको छ। 

भीमदत्त नगरपालिका ४, महेन्द्रनगर बजारस्थित भानु पार्टी प्यालेस नजिकै शुक्रबार बिहान घाँटीमा टेलिफोनको तार बेरिएको अवस्थामा मृत भेटिएका युवकको हत्या आशंकामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर मगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए। 

‘युवकको सनाखत हुन सकेको छैन’, प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भने, ‘शव हेर्दा बाहिरी शरीरमा कुनै चोटपटक देखिदैन, घाँटीमा तारले बेरिएको अवस्थामा शव भेटिएको छ।’

प्रकाशित: Nov 27, 2020| 05:36 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।