बिहीबार, भदौ २५, २०८३

गुल्मीमा भीरबाट जिप खस्यो, ५ जनाको मृत्यु 

इस्माबाट सदरमुकाम तम्घास तर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप सडकबाट करिब ४ सय मिटर तल खस्दा १ महिला र ४ पुरुषको मृत्यु भएको हो । 
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

तमघास- गुल्मीको इश्मामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । 

आज बिहान इस्माबाट सदरमुकाम तम्घास तर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप सडकबाट करिब ४ सय मिटर तल खस्दा १ महिला र ४ पुरुषको मृत्यु भएको हो । 

मृत्यु हुनेमा इस्मा ४ का ६५ वर्षीय डम्बर बहादुर धिताल, ३३ वर्षीय चिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अक्षामी र ८० वर्षीय सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रमुख एसपी प्रविणलाल श्रेष्ठले जानकारी दिए । 

दुर्घटनामा परेर इस्मा गाउँपालिका–४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीय सरस्वती दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत सकुशल रहेका प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ । चालक र सहचालकलाई इस्मा प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित: Nov 27, 2020| 04:25 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।