काठमाडौं- एक वर्षअघि देखिएको कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या ६ करोड नाघेको छ।
महामारीका रुपमा फैलिएको कोरोनाबाट शुक्रबार बिहानसम्ममा ६ करोड ८ लाख ६० हजारभन्दा धेरै संक्रमित भएका हुन् । जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ लाख २९ हजार ७ सय ३३ पुगेको छ ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै संक्रमितको संख्या १ करोड २८ लाख ७९ हजारभन्दा धेरै पुगेको छ भने २ लाख ६३ हजार ४ सय १३ जनाको मृत्यु भएको छ ।
यस्तै ३ देशमा ५० लाखभन्दा बढी संक्रमित भएका छन् भने १२ देशमा १० लाख भन्दा धेरै ब्यक्ति कोरोनाबाट संक्रमित भएका छन् ।
कोरोना भाइरसको सबैभन्दा पहिलो केश नेभेम्बर १७ मा चीनका वुहानमा देखिएको थियो । चीनबाट फैलिएको कोरोना भाइरस हालसम्म २ सय १८ देशमा फैलिएको छ ।
यी हुन १० लाखभन्दा बढी संक्रमित भएका १२ देश
| देश | संक्रमित | मृत्यु |
| अमेरिका | १२८७९८६४ | २६३४१७ |
| भारत | ९२६६७०५ | १३५२२३ |
| ब्राजिल | ६१६६६०६ | १७०७६९ |
| फ्रान्स | २२३५५३७ | ५१०४१ |
| रुस | २१६९४२४ | ३७६८८ |
| स्पेन | १६१७३५५ | ४४३७४ |
| बेलायत | १५७८४२९ | ५७१२८ |
| इटाली | १५०९८७५ | ५२८५० |
| अर्जेन्टिना | १३९९४३१ | ३७९४१ |
| कोलम्बिया | १२८०४८७ | ३६०१९ |
| मेक्सिको | १०७०४८७ | १०४२४२ |
| जर्मनी | १००५३०७ | १५४१३ |
तथ्यांक स्रोत– जोन हपकिन्स विश्वविद्यालय