बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • होम आइसोलेसनमा बस्ने संक्रमितलाई मास्कदेखि अक्सिमिटरसम्म सरकारले दिने 

होम आइसोलेसनमा बस्ने संक्रमितलाई मास्कदेखि अक्सिमिटरसम्म सरकारले दिने 

कोरोनाबाट ज्यान गुमाएका मध्ये होम आइसोलेसनमा बसेका ब्यक्तिहरु धेरै रहेको पाइएपछि सरकारले स्वास्थ्य सामाग्री वितरण गर्ने तयारी गरेको हो । 
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

काठमाडौं- होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई सरकारले मास्क, स्यानिटाइजरदेखि अक्सिमिटरसम्म वितरण गर्ने योजना अघि सारेको छ ।

कोरोनाबाट ज्यान गुमाएका मध्ये होम आइसोलेसनमा बसेका ब्यक्तिहरु धेरै रहेको पाइएपछि सरकारले स्वास्थ्य सामाग्री वितरण गर्ने तयारी गरेको हो । 

स्वास्थ्य मन्त्रालयले जारी गरेको होम आइसोलेसनमा बस्ने संक्रमितलाई आइसोलेसन किट उपलब्ध गराउनेसम्बन्धी मार्गनिर्देशनअनुसार संक्रमितलाई १४ दिनलाई पुग्ने स्वास्थ्य सामग्री प्रदान गर्ने तयारी भएको हो । 

जसअनुसार संक्रमितलाई १४ दिनसम्म आइसोलेसनमा बस्दा दैनिक तीनवटाका दरले ४२ वटा र संक्रमित हेरचाह गर्ने व्यक्तिलाई ४२ वटा मास्क दिन लागिएको हो ।

त्यस्तै स्यानिटाइजर २५० एमएलको एक बोतल, थर्मोमिटर र ब्याट्री एक सेट, पल्स अक्सिमिटर र ब्याट्री पनि दिन लागिएको छ ।

थर्मोमिटर र अक्सिमिटर भने संक्रमित निको भैसकेपछि सफा गरेर स्थानीय स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई फिर्ता दिनुपर्नेछ ।

संक्रमितले प्यारासिटामोल ४२ चक्की, टिस्यू पेपर एक बट्टा, पन्जा एक प्याकेटसमेत पाउनेछन् ।

मन्त्रालयले विकास साझेदारहरुको सहकार्यमा केही पालिकामा हेल्थ आइसोलेसन किट वितरण गरेकामा नतिजा राम्रो पाइएपछि स्वास्थ्य मन्त्रालयले होम आइसोलेसनमा बसेका सबैलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउने योजना बनाएको हो । 

यो योजनालाई केहि नीतिगत निर्णयसँगै कार्यान्वयनमा लैजाने स्वास्थ्य मन्त्रालयको तयारी छ । 

प्रकाशित: Nov 27, 2020| 02:05 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।