बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशभर चिसो बढ्यो, यो वर्ष जाडोमा औसतभन्दा बढी नै तापक्रम रहने

देशभर चिसो बढ्यो, यो वर्ष जाडोमा औसतभन्दा बढी नै तापक्रम रहने

मौसमविद् तथा वैज्ञानिकले यो वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेका छन्। 
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

काठमाडौँ– मौसमविद् तथा वैज्ञानिकले यो वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेका छन्। 

उनीहरुले यो वर्ष तापक्रम केही सुख्खा रहने औँल्याएको जल तथा मौसम विज्ञान विभाग, हावापानी विश्लेषण शाखाका प्रमुख डा इन्दिरा कँडेलले जानकारी दिए। सुख्खा हुने भन्नुको अर्थ औसतभन्दा केही बढी नै तामक्रम रहनु हो।

दक्षिण एसियाली जलवायु आँकलन मञ्चले हरेक वर्ष हिउँद र वर्षाको समयमा यसैगरी हावापानी र जलवायुको अवस्था विश्लेषण गर्दै आएको छ। 

अहिले चिसोको अवस्था विश्लेषणका लागि छलफलमा जुटेको उक्त मञ्चको टोलीसँग जापान, कोरिया, बेलायत, अमेरिका, थाइल्याण्डका जलवायु विज्ञ तथा वैज्ञानिक  सहभागी छन्।

‘यसपाली हिउँदको समयमा हुने मौसम परिवर्तनको अवस्थाबारे भएको प्रारम्भिक विश्लेषणमा धेरैजसो देशले सुख्खा हुने अर्थात तापक्रम औसतभन्दा बढी नै रहने विश्लेषण गरेको छ’, कँडेलले भने, ‘धेरै देशमा सरदर वर्षा हुन्छ भन्ने देखाएको छ। तापक्रम सरदर औसतभन्दा केही तातो हुनेछ। जापानले भने केही बढी वर्षा देखाइरहेको छ।’

उनले सबैको विश्लेषण सकेर दक्षिण एसियाको औसत जलवायुको अवस्था सार्वजनकि गर्ने तयारी भइरहेको जानकारी दिए। त्यसपछि जल तथा मौसम विज्ञान विभागले नेपालको अवस्था के हुने भनेर सार्वजनिक गर्नेछ। 

विगत वर्षसम्म दक्षिण एसियाको विश्लेषणलाई नै आधार लिँदै आएको नेपालको जल तथा मौसम विज्ञान विभागले गत वर्षबाट भने आफैँले पनि अवस्था कस्तो रहने भनेर नक्सा तयार पारी सार्वजनिक गर्ने गरेको छ।

विभागका अनुसार गत वर्ष नेपालको पूर्वी भेगमा औसतभन्दा बढी चिसो भएको थियो भने अन्य क्षेत्रमा औसत अवस्था मै रहेको थियो। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष मुलुकभर चिसो बढेको छ।

चिसो शुरु भएको र दैनिक चिसो बढ्दै जाने मौसमविद् प्रतिभा मानन्धरको भनाइ छ। उनका अनुसार नेपालमा आज र भोलि उच्च पहाडी÷हिमाली क्षेत्रमा थोरै हिमपातको सम्भावना छ। शुक्रबार रातिबाट भने केही सुधार आउने छ। अहिले पश्चिमी वायुको प्रभाव रहेको र भोलि रातिबाट भने त्यो पनि केही हट्दै जाने भएकाले सुधार हुनेछ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता जनार्दन गौतम चिसो मौसम बढेकाले त्यसबाट मानवीय क्षति कम गर्न आवश्यक तयारी थालिसकेको बताए।

‘प्राधिकरणले सबै जिल्लामा पत्राचार गरेर चिसोबाट मानवीय क्षति हुन नदिन आवश्यक तयारीमा जुट्न निर्देशन दिइसकेको छ। कार्ययोजनासहित पेश गर्न जिल्ला प्रशासनलाई निर्देशन भएको छ’, गौतमले भने।

गत वर्ष तराईमा शितलहरबाट मानवीय क्षति न्यून भएको जानकारी गराउँदै गौतमले अहिले तयारीलाई अझै चुस्त पार्न लागिएको दाबी गरे। जिल्लाबाट चुनौतीको अवस्था र आवश्यक तयारीका कार्ययोजना आएपछि प्राधिकरणले थप रणनीतिका साथ आवश्यक निर्देशन दिने गौतमले जानकारी दिए।

प्रकाशित: Nov 27, 2020| 01:25 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।