बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस सभापति देउवासँग भारतका विदेश सचिव श्रृंगलाको भेटवार्ता

कांग्रेस सभापति देउवासँग भारतका विदेश सचिव श्रृंगलाको भेटवार्ता

कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेटवार्ता गरेका छन्।  
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

कठमाडौं-  कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेटवार्ता गरेका छन्।  

सभापति देउवा निवास बुढानीलकण्ठमा बिहीबार साँझ भएको भेटवार्तामा उनीहरुबीच नेपाल–भारत बहुआयामिक सम्बन्धबारे छलफल भएको भेटमा सहभागी पूर्वराजदूत दिनेश भट्टराईले जानकारी दिए।  

भेटमा सभापति देउवाले कांग्रेसले सदैव नेपाल–भारतबीचको सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख गर्दै नेपालको प्रजातन्त्रको संस्थागत विकासमा  भारतको नैतिक समर्थन रहँदै आएको बताए।

सभापति देउवाले दुवै मुलुकबीच सम्झौता भएका परियोजनाको शीघ्र र प्रभावकारी कार्यान्वयन हुँदा त्यसले राम्रो सन्देश जाने र दुवै देशको हित हुने विषयमा समेत जोड दिएको सभापति देउवा प्रधानमन्त्री हुँदा उनका सल्लाहकार समेत रहेक भट्टराईले बताए।

भेटमा दुवै मुलुकबीच उच्च राजनीतिक सम्पर्क र सम्बन्ध निरन्तर रहिरहनुपर्ने, दुवै देशबीच बाँकी रहेका मुद्दा समाधान गरेर जाँदा सम्बन्ध थप सुदृढ हुनेलगायत विषयमा पनि विचारविमर्श भएको थियो। परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा सचिव श्रृंगला दुई दिने भ्रमणका लागि बिहीबार काठमाडौं आएका हुन् 

प्रकाशित: Nov 27, 2020| 00:43 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।