बिहीबार, भदौ २५, २०८३

नेपाल-भारत सचिवस्तरीय वार्ता, सीमा विवाद ओझेलमा

परराष्ट्र सचिव स्तरको वार्तामा भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकका विषयमा कुराकानी हुन नसकेको हो। 
 |  बिहीबार, मंसिर ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ११, २०७७

काठमाडौं- नेपाल र भारतबीचको सचिवस्तरीय वार्तामा भारतबाट अतिक्रमित नेपाली भूमिको विषय ओझेलमा परेको छ।

परराष्ट्र सचिव स्तरको वार्तामा भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकका विषयमा कुराकानी हुन नसकेको हो। 

यी भूमिलाई समेटेर नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि दुई देशबीचको सम्बन्धमा चिसोपन आएको छ।

एकतर्फी रुपमा नेपालले भारतीय भूमि आफ्नो नक्सामा समेटेको भन्दै भारतले विमति जनाउँदै आएको छ भने नेपाली पक्षले ती भूमि नेपालकै रहेको दाबी गर्दै आएको छ। 

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन शृंगला र परराष्ट् र मन्त्रालयका सचिव भरतराज पौडेलबीच बिहीबार भएको वार्तामा सिमानाबारे सामान्य छलफल भए पनि विवादास्पद भूमिबारे भने कुराकानी हुन सकेन।

वार्तामा सीमाबारे छलफल भएको र सीमा क्षेत्रका बाँकी काम चाँडै पूरा गर्नेमा विचार व्यक्त गरेको परराष्ट्र मन्त्रालययद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

वार्तामा दुई पक्षबीच नेपाल भारतसम्बन्धका विविध आयाम बारे छलफल भएको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार वार्तामा व्यापार, पारवहन, कनेक्टिभिटी, पूर्वाधार, ऊर्जा, कृषि, लगानी, संस्कृति, जनस्तरको सम्बन्धका बारेमा छलफल भएको थियो।

यस्तै दुई देशबीचको पारस्परिक सांस्कृतिक र नागरिक सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। 

यस्तै दुवै देश र जनताको हितका लागि बहुपक्षीय मैत्री सम्बन्धहरुको ठोस आधार निर्माण गर्ने विषयमा पनि छलफल भएको थियो। 
दुई देशका सचिवबीच द्विपक्षीय सहयोगका परियोजना, कनेक्टिभिटी योजना र भूकम्प  पुनर्निर्माणलगायतका विषयमा समीक्षा गरिएको थियो। 

दुवै देशका सचिवहरुले कोरोना भाइरस महामारी विरुद्ध लड्न गरिएका प्रयासको अनुभव आदानप्रदान गरेका थिए। 

यस्तै कोरोना भाइरस भ्याक्सिनको विकासमा भारतले गरेको प्रगति र नेपाललाई प्रदान गरिएको सहयोगका बारेमा छलफल भएको थियो। 

वार्तामा सचिव पौडेलले कोरोना भाइरस उपचारसँग सम्बन्धित स्वास्थ्य सामग्री सहयोगका लागि भारतीय पक्षको सराहना गरेका थिए।

विदेश सचिव शृंगलाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा लगायतसँग भेटवार्ता गरी द्विपक्षीय चासोका बारेमा छलफल गरेका छन्। 

यसैबीच भारतीय विदेश सचिवले नेपाललाई २०० भायल रेम्डिसिभिर उपलब्ध गराएका छन्। 

मन्त्रालयमा आयोजित समारोहमा सचिव शृंगलालले रेम्डिसिभिर सहयोग गरेका हुन्। सचिव शृंगला शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ।

 

प्रकाशित: Nov 26, 2020| 16:48 बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।