बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीको सन्देश मोदीलाई, 'सीमा समस्या वार्ताबाट समाधान गरौं'

ओलीको सन्देश मोदीलाई, 'सीमा समस्या वार्ताबाट समाधान गरौं'

ओलीले आपसी विवादका विषय समाधान भएपछि सम्बन्धमा नयाँ उचाइ प्राप्त हुने विश्वास व्यक्त गरे।
 |  बिहीबार, मंसिर ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ११, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएका छन्।

आज बालुवाटारमा शिष्टाचार भेटका लागि आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलासँगको कुराकानीमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उक्त सन्देश पुर्‍याइदिन आग्रह गरेका हुन्।

भेटको सुरुमै सचिव श्रृङ्गलाले मोदीले दुई देशबीचको आपसी सम्बन्धलाई ‘राम्रो’ बनाएर अगाडि लैजान चाहेको सन्देश प्रधानमन्त्री ओलीलाई सुनाएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए।

भट्टराईका अनुसार भेटमा प्रधानमन्त्री ओलीले भने, “हामी दुई देशबीचको आपसी  र बहुआयामिक सम्बन्धलाई एक्काइसौं शताब्दीअनुकूल र युगसुहाउँदो हिसाबले थप गतिशील र सुमधुर बनाउन चाहन्छौं। सीमालगायत विवादित विषयमा वार्ताका माध्यमबाट शान्तिपूर्णरुपमा समस्याको समाधान गर्नुपर्छ भन्नेमा हामी स्पष्ट छौं।'

प्रधानमन्त्री ओलीले दुई देशबीचको सीमा विवाद अहिले एकाएक सिर्जना भएको नभइ इतिहासले विरासतका रुपमा छाडेको र यी समस्यालाई थाँती राख्दा झन् समस्या आउन सक्ने भन्दै मिलेर समाधान गर्ने सन्देश भारतीय प्रधानमन्त्री मोदीलाई लगिदिन आग्रह गरेका थिए।

ओलीले आपसी विवादका विषय समाधान भएपछि सम्बन्धमा नयाँ उचाइ प्राप्त हुने विश्वास व्यक्त गर्दै नेपालको भूभाग कुनै पनि छिमेकीको हितविरुद्ध प्रयोग हुन नदिनेमा नेपाल स्पष्ट रहेको समेत बताएको भट्टराईले जानकारी दिए।

आजै नेपाल आएका सचिव शृङ्गलाले यसअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गरेका थिए।

प्रकाशित: Nov 26, 2020| 16:00 बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।