बिहीबार, भदौ २५, २०८३

बन्दीपुर केबलकारलाई लगानी जुट्यो 

तनहुँको बन्दीपुरमा निर्माण भइरहेको बन्दीपुर केबलकारसहितका परियोजनामा दुई बैंकले लगानी गर्ने भएका छन्। 
 |  बिहीबार, मंसिर ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ११, २०७७

पोखरा– तनहुँको बन्दीपुरमा निर्माण भइरहेको बन्दीपुर केबलकारसहितका परियोजनामा दुई बैंकले लगानी गर्ने भएका छन्। 

बन्दीपुर केबलकार प्रालि र नेपाल एसबिआई बैंकको नेतृत्वमा एनएमबि बैंक लिमिटेडका बीच ऋण लगानीका लागि मंगलबार सम्झौता भएको हो। 

फाइनान्सियल क्लोजर अन्तर्गत बन्दीपुर केबलकार एन्ड टुरिजम परियोजनाको लागत १ अर्ब ६६ करोड ८९ लाख रुपयाँमध्ये २ चरणमा लगानी गर्ने समझदारी गरिएको दुबै बैंकले गरी १ अर्ब ५ करोडभन्दा बढी लगानी गर्नेछन्।

पहिलो चरण अन्तर्गत ७० करोड रुपैयाँ लगानी हुने छ। त्यसबाट केबलकार, रेस्ट्रो जोन र रिक्रियसन सञ्चालनमा ल्याउने योजना रहेको बन्दीपुर केवलकार प्रालिका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए। 

यसैगरी दोस्रो चरणको होटलसहितको पूर्वाधार सञ्चालनमा ल्याउने गरी थप ३५ करोड रुपैयाँ कर्जा सुनिश्चिता गरिएको छ। बन्दीपुर केबलकार परियोजनाका लागि लगानीकर्ताका तर्फबाट आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन लि र टुरिजम इन्भेस्टमेन्ट फन्ड लिमिटेडले ६१.५ प्रतिशत, पन्चासे केवलकार एन्ड टुर्स लिमिटेडले २५.५ र बन्दीपुर गाउँपालिका लगायत स्थानीय लगानीकर्ताको १४.५ प्रतिशत लगानी गर्नेछन्। 

‘निर्माणको चरणमा रहेको बन्दीपुर केवलकार सहितको पर्यटन परियोजनामा लगानीकर्ताको टुंगो लागेपछि परियोजना निर्माण कार्य समयमा नै सकिने विश्वास लिएका छौं,’ कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले भने, ‘गण्डकी प्रदेशको आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लागनी सम्झौता एउटा महत्वपूर्ण घटना सावित हुनेछ।’ आगामी १० वर्षभित्र बन्दीपुर अवधारणा देशव्यापीरुपमा स्थापित भैसक्ने र १० हजार माथिको रोजगारीको ग्यारेन्टी गर्ने महत्वाकांक्षी योजना समेत बनेको अध्यक्ष शर्माले बताए। 

कम्पनीले स्थानीय सेयरधनीलाई थप व्यावसायिक रुपमा प्रवद्र्धन गर्न ३.५ प्रतिशत ब्याज दर निर्धारण गरी २० करोड बराबरको सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध गराउने घोषणा समेत गरेको छ। यस कर्जाको लागि बन्दीपुर केबलकारले यसअघि नै बैंकसँग प्रस्ताव र जमानीको ग्यारेन्टी गर्ने बताइसकेको छ। 

बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिङ्ग थापाले बन्दीपुरलाई गण्डकी प्रदेशको स्वागत गन्तव्य बनाउनका लागि परियोजनाले निर्णायक भूमिका खेल्ने बताए। उनले परियोजना सम्पन्न गर्नका लागि पालिकाको तर्फबाट सबै प्रकारका सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए। 

बन्दीपुर केबलकार सहितको पर्यटन परियोजना दक्षिण एसियामा नै भिन्न सोचसहित निर्माण भएको छ। यो परियोजनामा केबलकारबाट सिधै चारतारे होटलमा प्रवेश पाइनेछ। जहाँबाट सूर्योदय, ह्वाइट सी, सिस महल, वाक्स म्युजियम, प्लानेटरियम, भूत बंगला, भ्युज रुम, १ हजार अट्ने क्षमताको सम्मेलन केन्द्र, रेस्ट्रो जोन, स्विमिङ पुल र ६६ कोठाको होटल निर्माण हुनेछ । 

कम्पनीले परियोजना थप आकर्षक बनाउन संसारकै अग्लो बन्जी जम्प, अग्लो मेकानिकल स्विङ, म्युजिकल वाटर शो समेत बनाउने तयारी गरेको छ। जसले दसौं हजार पर्यटक बन्दीपुरमा लैजाने रणनीतिक योजना बुनेको कम्पनीले जनाएको छ। केही महिनाभित्र बटम स्टेसनमा सुविधा सम्पन्न रेस्ट्रो जोनको व्यावसायिक सुरुआत गर्ने लक्ष्य कम्पनीको छ। 

प्रकाशित: Nov 26, 2020| 11:59 बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।