काठमाडौं– भारतका विदेश सचिवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।
भेटमा द्विपक्षीय हितका बारेमा छलफल भएको बताइएको छ।
दुई दिने भ्रमणका क्रममा आजै काठमाडौं आइपुगेका भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले यसअघि नेपालका परराष्ट्रसचिव भरतराज पौडेल र त्यसपछद्धि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग भेट वार्ता गरेका थिए।
परराष्ट्र मन्त्री ज्ञवालीसँगको भेटमा विदेशसचिव श्रृंगलाले कोभिड–१९ का बिरामीहरुका लागि आवश्यक पर्ने दुई हजार भाइल्स रेम्डेसिभिर हस्तान्तरण गरेका थिए।
उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गर्ने कार्यक्रम छ ।
भोलि (शुक्रबार) उनी गोरखा र मनाङमा भारतको सहयोगमा निर्माण भएका घर र धार्मिक स्थल उद्घाटन गर्न जाने कार्यक्रम छ।