बिहीबार, भदौ २५, २०८३

मोरङमा थप दुई कोरोना संक्रमितको मृत्यु 

मोरङको लेटाङ र रतुवामाईका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। 
 |  बिहीबार, मंसिर ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ११, २०७७

विराटनगर– मोरङको लेटाङ र रतुवामाईका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

नोबेल शिक्षण अस्पताल विराटनगरमा लेटाङ नगरपालिका–२ का ७० वर्षीय वृद्धको बिहीबार बिहान ज्यान गएको छ। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि मंसिर ९ गते मंगलबार उपचारका लागि वृद्धलाई भर्ना गरिएको थियो। 

रतुवामाई नगरपालिका–८ का कोरोना संक्रमित ८० वर्षीय वृद्धको बुधबार राति होम आइसोलेसनमै मृत्यु भएको छ। रतुवामाई नगरपालिकाका प्रमुख रविन राईले कोरोना पुष्टि भए पनि आफ्नै घरमा बसिरहेका वृद्धको राति १० बजेतिर ज्यान गएको जानकारी दिए। 

उनका अनुसार सामान्य रुघा खोकी लागेपछि वृद्धको पीसीआर परीक्षण गराउँदा मंसिर १ गते रिपोर्ट पोजेटिभ आएको थियो। कोरोना पुष्टि भए पनि सामान्य अवस्थाका कारण होम आइसोलेसनमै रहेका वृद्धको अचानक स्वास्थ्यमा समस्या देखिएको र उपचारका लागि लैजान नपाउँदै ज्यान गएको राईले बताए। 
 

प्रकाशित: Nov 26, 2020| 07:44 बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।