शनिबार, कात्तिक २९, २०८२

मेचीनगरमा भेटियो ‘हरित परेवा’

रा खोजकर्ता देवेन्द्र खरेलले  मेचीनगरमा ‘हरित परेवा’ प्रजातिको चरा फेला पारेका छन्। 
 |  बिहीबार, मंसिर ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ११, २०७७

झापा– चरा खोजकर्ता देवेन्द्र खरेलले  मेचीनगरमा ‘हरित परेवा’ प्रजातिको चरा फेला पारेका छन्। 

National life

वैज्ञानिक नाम ‘डुकुला एनिया’ र अङ्ग्रेजी नाम ‘ग्रिन इम्पेरियल पिजन’ भएको उक्त चरा मेचीनगर नगरपालिका–७ को सतिघट्टामा सिमलको रुखमा भेटिएको उनले जानकारी दिए। उनले नेपालमै पहिलोपल्ट सो प्रजातिको चरा भेटिएको दाबी समेत गरे।   

पक्षी संरक्षण संघ  र चराहरुको बारेमा पुस्तक लेखक डा हेमसागर बरालले उक्त चरा नेपालमा पहिलोपल्ट भेटिएको पुष्टि गरिसकेका छन्। 

‘मैले यही मङ्सिर ९ गते बिहान ८ः३० बजेतिर चराहरुको खोजी गर्दै जाँदा सिमलको रुखमा चारवटा अनौठा परेवाजस्ता चरा देखेँ’, खरेलले भने, ‘फोटो खिचेर पक्षी संरक्षण संघ र डा बराललाई पठाएँ, त्यहाँबाट यो पक्षी हरित परेवा रहेको र  पहिलोपल्ट भेटिएको पुष्टि गर्नुभयो।’

चराहरुको खोजी र संरक्षणमा विगत पाँच वर्षदेखि लागिरहनुभएका उनी मेचीनगर ६ निवासी हुन्। उनले झापा, इलाम, सुनसरी, चितवनलगायतका स्थानमा डुलेर पक्षीको तस्वीर खिच्ने र तिनको संरक्षणका लागि जनचेतना जगाउने काम गर्दै आएका छन्।  

Laxmi sunrise bank
kumari

नेपालमा ८८६ प्रजातिका चरा भएको आधिकारिक तथ्यांक छ । हरित परेवालाई अहिलेसम्म  पाइने चराको सूचीमा राखिएको छैन। अब  चराहरुको प्रजाति ८८७ पुगेको मान्नुपर्ने चरा खोजकर्ता खरेलले जानकारी दिए।  

प्रकाशित: Nov 26, 2020| 06:26 बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।