बिहीबार, भदौ २५, २०८३

मेडिकल कलेजका प्रवर्तक डा. प्रसाईको निधन

नेपालमा मेडिकल कलेज स्थापनाका परिकल्पनाकार तथा प्रवर्तक प्रा.डा. भीष्मराज प्रसाईको ८९ वर्षको उमेरमा निधन भएको छ।
 |  बिहीबार, मंसिर ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ११, २०७७

काठमाडौं- नेपालमा मेडिकल कलेज स्थापनाका परिकल्पनाकार तथा प्रवर्तक प्रा.डा. भीष्मराज प्रसाईको ८९ वर्षको उमेरमा निधन भएको छ। उनलाई मुटुमा समस्या आएपछि गत कात्तिक २८ गते अस्पताल भर्ना गरिएको थियो।

प्रसाईको उपचारका क्रममा बुधबार साँझ सात बजे मेडिसिटी इन्टरनेसनल हस्पिटलमा निधन भएको हो।

उनी त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालका संस्थापक कार्यकारी निर्देशक हुन्। साथै उनी चिकित्साशास्त्र अध्ययन संस्थानका डिन, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष र उपकुलपति पनि भएका थिए। 

प्रा.डा. प्रसाईका एक दर्जन जति साहित्यिक कृति प्रकाशित छन्। उनी भानुभक्त पुरस्कार (नेपाल सरकार), त्रिमूर्ति पुरस्कार, महाकवि देवकोटा शताब्दी सम्मान, नइ देरूनीख सुकीर्ति पुरस्कार आदिबाट सम्मानित थिए।

साथै उनी राजपरिषदको सदस्य पनि थिए। डा. प्रसाईका पत्नी, दुई छोरी र एक छोरा छन्।

प्रकाशित: Nov 26, 2020| 05:54 बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।