काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले अब कसैलै अनाथ वा सहाराविहीन भएँ भन्नु नपर्ने बताएका छन् ।
सामाजिक सुरक्षा दिवसका अवसरमा आज भिडिओ सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले साहाराबीहिनको साथमा सरकार रहेको बताएका हुन् ।
उनले भिडिओ सन्देशमा भनेका छन्– अनाथ भएँ भनेर, रेखदेख गर्ने कोही छैन भन्नुपर्ने अवस्था छैन। सहारा छैन भन्नुपर्दैन। सरकार छ। राज्य छ।’
प्रधानमन्त्री ओलीले देश र जनताप्रति निष्ठा भएको सरकारले कसैलाई पनि एक्लो नछोड्ने र एक्लो महशुस गर्न नदिने बताएका छन् ।
योगदानमा आधारीत सामाजिक सुरक्षा अवधारणा सुरू गरिसकेकाले कसैलाई जीवनयापन गर्न असहज नहुने उनको भनाइ छ।
सरकारले मंसिर ११ लाई सामाजिक सुरक्षा दिवसका रूपमा मनाउँदै आएको छ।