शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उद्योगीहरुको महासंग्राम आजबाट, कोरोना संक्रमितले पनि मतदान गर्न पाउने

उद्योगीहरुको महासंग्राम आजबाट, कोरोना संक्रमितले पनि मतदान गर्न पाउने

गत चैतमै हुनुपर्ने साधारण सभा काेराेना महामारीका कारण ८ महिनापछि आज (बिहीबार)बाट सुरु हुन लागेको हो । नयाँ नेतृत्व चयन गर्ने यो साधरण सभा तीन दिनसम्म चल्नेछ।
 |  बिहीबार, मंसिर ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ११, २०७७

काठमाडौं- नयाँ नेतृत्व चयनका लागि आजबाट उद्योगीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा सुरु हुँदैछ ।

गत चैतमै हुनुपर्ने साधारण सभा ८ महिनापछि आज (बिहीबार)बाट सुरु हुन लागेको हो । नयाँ नेतृत्व चयन गर्ने यो साधरण सभा तीन दिनसम्म चल्नेछ।

साधारसभाको प्रधानमन्त्री केपी ओलीले बालुवाटारबाटै जुम मिटिङबाट उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन सत्रमा महासंघका पदाधिकारी, महासंघ प्रदेश अध्यक्ष र पूर्वअध्यक्षहरुमात्रै सहभागी हुने र अन्य सबै अनलाइनमार्फत् सहभागी हुने भएका छन्।

उद्घाटन सत्र सकिएसँगै भोलिबाट नेतृत्व चयनको प्रक्रिया अगाडी बढ्ने छ । महासंघको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि तीन स्थानमा मतदान हुने निर्वाचन समितिले जानकारी दिएको छ। 

समितिका अनुसार प्रज्ञा भवन कमलादी, कार्की ब्यांकेट र उद्योग वाणिज्य महासंघको कार्यालय टेकुमा मतदान हुनेछ। जिल्ला र नगर, एसोसिएट र वस्तुगततर्फका प्रतिनिधिले छुट्टाछुट्टै स्थानमा मतदान गर्ने भएका हुन्। 

१३ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ।  कोरोना संक्रमित प्रतिनिधिले पनि मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन समितिले जानकारी दिएको छ। संक्रमितका लागि प्रज्ञा भवनमा व्यवस्था गरिएको बताइएको छ।

साधारणसभापछि हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः महासंघ अध्यक्ष बन्नेछन्।

तर, वरिष्ठ उपाध्यक्षका लागि भने कडा भिडन्त हुने देखिएको छ। किशोर प्रधान र चन्द्र ढकाल उम्मेदवार  आ-आफ्ना प्यानल लिएर चुनावमा होमिएका छन्। 

प्रकाशित: Nov 26, 2020| 01:44 बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।