शुक्रबार, भदौ २६, २०८३

पोखरामा राजावादीको शक्ति प्रदर्शन

पोखरामा बुधबार राजावादीहरुले मोटरसाइकल जुलुस निकालेका छन्। ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा लगाउँदै हजारौंको संख्यामा पोखरेलीले जुलुस निकालेका हुन्।
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

पोखरा– पोखरामा बुधबार राजावादीहरुले मोटरसाइकल जुलुस निकालेका छन्। ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा लगाउँदै हजारौंको संख्यामा पोखरेलीले जुलुस निकालेका हुन्।

जुलुसमा सहभागीले पञ्चायत र बहुदलकालीन राष्ट्रियगान ‘श्रीमान् गम्भीर नेपाली’, ‘हिमाल झैं अटल यो’ जस्ता गीत गाएका थिए । ‘गणतन्त्र मुर्दावाद’, ‘हिन्दू राज्य कायम गर’, ‘जय देश, जय नरेश’ जस्ता नारा लगाइएको थियो । 

शिवसेना नेपालको नेतृत्वमा जुलुस निस्किएको हो । अमरसिंह चोकबाट सुरु भएको जुलुस सिद्धार्थचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई शिवसेना नेपालका अध्यक्ष अशोक बस्नेतले सम्बोधन गरेका थिए । 

सम्बोधनमा बस्नेतले अहिलेका राज्यसञ्चालक विदेशीबाट परिचालित भएको आरोप लगाएका थिए । ‘आजसम्मका आन्दोलन विदेशी प्रभावमा गराइयो, विदेशीबाट चलेकालाई हटाएर देशको संरक्षणमा राजा फर्काउनुपर्छ,’ उनले भने, ‘नेपालीले राजाको महत्व बुझिसके, १४ वर्षमै देश डुब्न लागिसक्यो ।’

देशभर राजावादीले जुलुस निकालिरहेका छन् । बुधबार जनकपुरमा समेत राजावादीले जुलुस निकालेका थिए । गणतन्त्रले नेपालीलाई सास्ती दिएको र राजतन्त्रको पुर्नबहाली हुनुपर्ने मागसहित उनीहरुले बेलाबखत सडक तताउने गरेका छन् । 
 

प्रकाशित: Nov 25, 2020| 16:18 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।