शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दीपक मनाङेको दाबी, ‘श्रीमतीलाई म आफैंले पक्राउ गराएको हुँ’

दीपक मनाङेको दाबी, ‘श्रीमतीलाई म आफैंले पक्राउ गराएको हुँ’

गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले मूर्ति चोरीको आरोपमा पक्राउ परेकी श्रीमती दिक्छेन डोल्मा लामालाई आफूले पक्राउ गराएको दाबी गरेका छन्।
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

पोखरा- गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले मूर्ति चोरीको आरोपमा पक्राउ परेकी श्रीमती दिक्छेन डोल्मा लामालाई आफूले पक्राउ गराएको दाबी गरेका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘डेढ महिनाबाट हामी अलग थियौं, बिचमा श्रीमतीले कसैको चोरी गरी बदमासी गरेको थाहा पाएपछि मैले कास्की जिल्ला प्रशासनलाई कारबाही गर्न माग गरी अहिले पक्राउ गरेको हो।’

दिक्छेन केही समयदेखि आफ्नो माइती हेटौडामा बस्दै आएकी थिइन्।

मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार जिल्ला अदालत कास्कीले बहुमूल्य धातुको मूर्ति चोरी गरेको मुद्दामा दिक्छेनलाई पक्राउ पूर्जी जारी गरेकाले उनलाई पक्राउ गरिएको हो ।
 
प्रहरीका अनुसार उनीसहित तीनजनालाई विपक्षी बनाएर कास्की जिल्ला अदालतमा बहुमुल्य धातुको मूर्ति चोरीको मुद्दा दायर भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र प्राप्त भएपछि उनलाई पक्राउ गरिएको पनि डीएसपी रानाले बताए। 

मनाङेले अगाडि भनेका छन्, ‘म सांसद भए पनि मेरो परिवारमा श्रीमती, छोरा–छोरी दाजु–भाइ चाहे जो कोही होस बदमासी गरेपछि कडाभन्दा कडा कारबाही गर्नुपर्छ। त्यसैले नेताज्यूहरुका परिवार वा ठूल्ठूला कर्मचारीका परिवारले बदमासी गरे पनि कडा कारबाही हुनुपर्छ भन्ने पनि माग गर्दछु ।’ 

पक्राउ परेकी लामालाई प्रहरीले हेटौंडाबाट जिल्ला प्रहरी कार्यालय कास्की पठाइसकेको छ। 

प्रकाशित: Nov 25, 2020| 15:34 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।