शुक्रबार, भदौ २६, २०८३

बर्दिवासको प्रदर्शनमा दुई प्रहरी घाइते

६ वर्षिया बालिका गुलबसाको हत्यापछि बर्दिवासमा भएको प्रदर्शनको क्रममा प्रदर्शनकारीले हानेको ढुंगा तथा सीसाको बोतल लागेर दुई प्रहरी घाइते भएका छन्। 
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

जनकपुरधाम- ६ वर्षिया बालिका गुलबसाको हत्यापछि बर्दिवासमा भएको प्रदर्शनको क्रममा प्रदर्शनकारीले हानेको ढुंगा तथा सीसाको बोतल लागेर दुई प्रहरी घाइते भएका छन्। 

प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएपछि बर्दिवासमा लगाइएको निषेधाज्ञा तोडेर चलिरहेको प्रदर्शनको क्रममा ढुंगा लागेर दुई प्रहरी घाइते भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवालले जानकारी दिएका छन् । 

सीसाको बोतल लागेर प्रहरी जवान अर्जुन प्रसाद बानियाँ र अर्का जवानको घुँडामा चोट लागेको कटुवालले बताए । उनीहरुको उपचार भईरहेको प्रजिअ कटुवालले बताए । 

पीडित पक्षसँग वार्तामा सहमति भइसकेको अवस्थामा केही उचछृंखल तत्वहरु प्रदर्शनलाई जारी राखेका छन्, प्रजिअ कटुवालले भने, ‘वार्तामा उनीहरुको माग सम्बोधन गर्नका लागि पहल गर्ने सहति भईसकेको छ, तैपनि केही उच्छृंखल तत्वले प्रदर्शन गरिरहेका छन् ।’

प्रदर्शनकारीहरु लुकेर ढुंगा ईँटा तथा सीसाका बोतलहरु प्रहार गरेकोले प्रहरी घाइते भएको उनले बताए । 

निषेधाज्ञाको समय प्रदर्शन र नाराबाजी गरेको भन्दै प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि स्थानीयले प्रहरीलाई ढुंगा र खाली बियरका बोतलले प्रहार गरेका थिए ।

प्रकाशित: Nov 25, 2020| 12:46 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।