शुक्रबार, भदौ २६, २०८३

भारततर्फ इन्धन तस्करी गर्ने तीनजना पक्राउ

नेपालबाट भारततिर इन्धन (पेट्रोलियम पदार्थ)को तस्करी गर्ने तीन जनालाई प्रहरीले विराटनगर ११ बाट पक्राउ गरेको छ। 
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

विराटनगर– नेपालबाट भारततिर इन्धन (पेट्रोलियम पदार्थ)को तस्करी गर्ने तीन जनालाई प्रहरीले विराटनगर ११ बाट पक्राउ गरेको छ। 

कोरोना संक्रमणका कारण दुवै देशबीच आवतजावत बन्द गर्दै सीमा सिल गरिएको छ। सीमा सिल भएको अवस्थामा पनि इन्धनको तस्करी गर्ने सुनसरीको हरिनगर–६ का २५ वर्षीय सत्रुधन साह, ३० वर्षीय अजाम खान र ५० वर्षीय अकवल मियाँलाई प्रहरीले पक्राउ गरेको हो। 

प्लाष्टिकको ग्यालेनमा भरेर तीनवटा मोटरसाइकलमा भारततिर डिजेल लैजाँदै गरेको अवस्थामा उनीहरुलाई बिहान ८ बजेतिर पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। 

नेपालमा भन्दा भारतमा प्रति लिटर २० देखि ३० रुपैयाँसम्म डिजेल महँगो छ । त्यही मौका छोपेर पेट्रोलियम पदार्थ (इन्धन)को तस्करी गर्नेहरु पछिल्लो समय सलबलाएको हुनसक्ने उनले बताए ।

पक्राउ परेकाहरुले मोटरसाइकलमा राखेर भारततिर लैजाँदै गरेको चार सय ३० लिटर डिजेल बरामद गरिएको एसपी खड्काले बताए ।

प्रकाशित: Nov 25, 2020| 12:09 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।