शुक्रबार, भदौ २६, २०८३

प्रदेश १ मा ३७२ संक्रमित थपिए, १३८ डिस्चार्ज

१ हजार २३८ जनाको पीसीआर परीक्षण गर्दा १४७ महिला र २२५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। 
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३७२ जना कोरोना संक्रमित थपिएका छन्।

१ हजार २३८ जनाको पीसीआर परीक्षण गर्दा १४७ महिला र २२५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। 

मोरङमा १५९, झापामा ९७, सुनसरीमा ५७, संखुवासभामा २७, इलाममा १२, पाँचथरमा ४, भोजपुरमा २, तेह्रथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

विराटनगरमा १२१ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ४७ महिला र ७४ पुरुष छन्। मोरङको लेटाङ, बेलबारी र बुढीगंगामा ६–६, रंगेलीमा ४, उर्लाबारी र रतुवामाईमा ३–३, सुन्दरहरैचा र कटहरीमा २–२, मिक्लाजुङ, ग्रामथान र धनपालथानमा १–१,  र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको छ। 

झापाको झापा गाउँपालिकामा ३४, भद्रपुरमा २२, दमकमा ११, विर्तामोडमा १०, अर्जुनधारामा ५, कनकाई, बुद्धशान्ति, हल्दिबारी, मेचीनगर, शिवसताक्षी र गौरादहमा २–२ र गौरीगञ्ज र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

उता सुनसरीको इटहरीमा २८,धरानमा १३, रामधुनी र इनरुवामा ५–५, दुहवीमा २, भोक्राहानरसिंह र गढीमा १–१ र स्थानीय तह नखुलेका २, संखुवासभाको खाँदबारीमा २७, इलामको इलाम नगरपालिकामा १०, रोङ र देउमाईमा १–१, पाँचथरको फिदिममा ४, भोजपुरको अरुण र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको लालीगुराँसमा १, उदयपुरको कटारीमा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार २५२ पुगेको छ।

प्रदेश १ मा बुधबार १३८ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसेनबाट १३७ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार २८९ पुगेको छ। 


 

प्रकाशित: Nov 25, 2020| 11:05 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।