शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनकपुरमा राजावादीको प्रदर्शन, ४७ को संविधान पुनर्वहाली गर्न माग

जनकपुरमा राजावादीको प्रदर्शन, ४७ को संविधान पुनर्वहाली गर्न माग

सत्ताको नेतृत्व गरिरहेको नेकपा आन्तरिक किचलोले प्रभावित भइरहेका बेला देशका विभिन्न स्थानमा राजवादीको प्रदर्शन चलिरहेको छ। 
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

जनकपुर– सत्ताको नेतृत्व गरिरहेको नेकपा आन्तरिक किचलोले प्रभावित भइरहेका बेला देशका विभिन्न स्थानमा राजवादीको प्रदर्शन चलिरहेको छ। 

आज (बुधबार) जनकपुरधाममा राजवादीले विशाल मोटर साइकल जुलुश निकालेका छन्। नेपाललाई  हिन्दू राष्ट्र कायम गर्न र २०४७ सालको संविधान पुनर्वहाली गर्न माग गर्दै ‘नेपाल राष्ट्रवादी समूह’ धनुषाले जनकपुरधाममा मोटर साइकल जुलुश निकालेको हो।

राष्ट्रिय झण्डा बोकेर दर्जनौं व्यक्तिको सहभागितामा समूहले जनकपुरधाममा निकालेको जुलुशले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो। 

सहभागीले पूर्व राजाको पक्षमा नारावाजी गरेका थिए । जुलुशमा ‘नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर’,  ‘२०४७ सालको संविधान पुनर्वहाली गर’, ‘राजतन्त्र पुनर्वहाली गर’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘भ्रष्टाचार अन्त्य गर’, ‘हत्या हिंसा बलात्कार जस्ता घटना नियन्त्रण गर’  लगायतका नारा लगाएका थिए ।

स्थानीय रेल्वे स्टेशनबाट निस्केको जुलुश भानुचोक, कदमचोक, विद्यापति चोक, विश्वकर्मा चोक, तपसी चोक, जिरोमाईल, भ्रमरपुरा चोक, बजरंग चोक, रामानन्द चोक, पिडारी चोक, थापाचोक, मुख्यमन्त्री कार्यालय, मिल्स एरिया, भानुचोक, शिवचोक हुँदै जनकचोकमा पुगेर सभामा परिणत भएको थियो ।

सभामा बोल्दै सहभागीहरुले देशमा भ्रष्टाचार मौलाईरहेको, बेथिती बढिरहेको, राष्ट्रियतामा आँच आइरहेको, बलात्कार, हत्या हिंसा जस्ता घटनाहरु दिन दिनप्रतिदिन बढ्दै गरहेकोले यसको न्यूनिकरणका लागि राजतन्त्र फर्काउन आवश्यक रहेको बताएका थिए।

यसअघि हालसालै यस्ता प्रदर्शन पोखरा, भैरहवा, धनगढी लगायतका सहरमा भइसकेका छन्।
 

प्रकाशित: Nov 25, 2020| 10:02 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।