शुक्रबार, भदौ २६, २०८३

अवैध असुलीको आरोपमा मुनलाइट म्यानपावर सिल

वैदेशिक रोजगार विभागले ललितपुरस्थित म्यानपावर कम्पनी मुनलाइट इन्टरनेसनल प्रालिमा ताला लगाएको छ।
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

काठमाडौँ - वैदेशिक रोजगार विभागले ललितपुरस्थित म्यानपावर कम्पनी मुनलाइट इन्टरनेसनल प्रालिमा ताला लगाएको छ।

मुनलाइटले रोजगार विभागबाट स्वीकृतिबिना युरोपलगायतका विभिन्न मुलुक पठाउने भन्दै विभिन्न व्यक्तिबाट पैसा असुलेको विभागले जनाएको छ।

विभागद्वारा जारी विज्ञप्ति अनुसार युरोप पठाउने भन्दै अवैध रुपमा विभिन्न व्यक्तिबाट पैसा उठाइरहेको सूचना पाएपछि विभागको टोली कात्तिक ४ गते आकस्मिक अनुगमनमा गएको थियो ।

अनुगमनमा जाँदा कार्यालय बन्द रहेको र सञ्चालकलाई बारम्बार सम्पर्क गर्दा पनि विभागमा उपस्थित नभएकाले मंगलबार मुनलाइट म्यानपावरको कार्यालय सिल गरिएको विभागले जनाएको छ ।

विभागले वैदेशिक रोजगारीमा जान भनी रकम बुझाएका व्यक्तिलाई १५ दिनभित्र विभाग वा श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन पनि आग्रह गरेको छ।

मुनलाइटको सम्पूर्ण कारोबार रोक्का गरिएको र अर्को सूचना प्रकाशित नभएसम्मका लागि वैदेशिक रोजगारीमा जानका लागि पैसा र राहदानी नबुझाउनसमेत विभागले आग्रह गरेको छ ।

 

प्रकाशित: Nov 25, 2020| 09:20 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।