पाल्पा– पाल्पामा अघिल्लो वर्षको तुलनामा सात मेट्रिकटन बढी धान उत्पादन भएको छ।
जिल्लाभर यो वर्ष ४० हजार ८९६ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञानकेन्द्र पाल्पाले जनाएको छ। गत वर्ष ३३ हजार ८९६ मेट्रिकटन धान उत्पादन भएको थियो।
केन्द्रका सूचना अधिकारी मुकेश रामजालीले यो वर्ष ९ हजार २२३ हेक्टर क्षेत्रफलमा धान लगाइएको बताएका छन्।
गत वर्ष धान खेती हुनेमध्ये ८८ प्रतिशत क्षेत्रफलमा धान रोपिएको थियो। यो वर्ष ९६ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ।
समयमा पानी परेको र कोरोना महामारीले फर्किएकाहरूले खेती गरेकाले उत्पादन बढेको केन्द्रले जनाएको छ।
रासस