शुक्रबार, भदौ २६, २०८३

पत्नीलाई बलात्कार गरेको अभियोगमा पति पक्राउ 

बर्दियाको बाँसगढी नगरपालिका-९ माछागढका ४४ वर्षीय एक पुरुष आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा मंगलबार दिउँसो पक्राउ परेका छन्।
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

रासस- बर्दियाको बाँसगढी नगरपालिका-९ माछागढका ४४ वर्षीय एक पुरुष आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा मंगलबार दिउँसो पक्राउ परेका छन्।

ती पुरुषले ४१ वर्षीया श्रीमतीलाई कुटपिट समेत गरी बलात्कार गरेको भन्ने खबर  प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बालिकामाथि यौन दुर्व्यवहार

कपिलवस्तुको बुद्धभूमि नगरपालिका- १ मालटोलका एक पुरुष ११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका छन्।

बुद्धभूमि- १० भगवानपुरस्थित बुद्ध ज्ञान ज्योति बोर्डिङ स्कूलका प्रिन्सीपल कपिलवस्तु नगरपालिका-१ मालटोल बस्ने ४० वर्षीय यम खानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

खानले मङ्सिर ४ गते ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रकाशित: Nov 25, 2020| 07:34 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।