शुक्रबार, भदौ २६, २०८३

अमेरिकाको भिजिटर भिसामा नयाँ नियम, नेपालीलाई छुट

नियम अनुसार ओभरस्टे दर उच्च भएका देशहरुका नागरिकले भिजिटर भिसाका लागि ५ हजारदेखि १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने भएको हो ।
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

काठमाडौं- अमेरिकाको विदेश मन्त्रालयले अमेरिकाको भिजिटर भिसाका लागि नयाँ नियम लागु गरेको छ। 

नियम अनुसार ओभरस्टे दर उच्च भएका देशहरुका नागरिकले भिजिटर भिसाका लागि ५ हजारदेखि १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने भएको हो ।

धरौटीवापत कति रकम  राख्ने भन्ने निर्धारण भने भिसा कन्सुलर अधिकारीले नै गर्नेछन् । यो कार्यक्रम डिसेम्बर २४ देखि सुरु हुनेछ भने सन् २०२१ को जुन २४ सम्म लागु हुनेछ । 

यो अस्थायी अन्तिम नियम भएकाले यसमा कमेन्ट अवधि राखिएको छैन ।  भिसा आवेदकको अवस्था हेरेर धरौटी राख्नुपर्ने वा नपर्ने निर्धारण गर्ने अधिकार भिसा कन्सुलर अधिकारीलाई दिइएको छ भने यदि तोकिएको समयमा नफर्केको खण्डमा राखेको धरौटी रकम डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र आइसले लिनेछ ।

यो नियम नेपालको हकमा भने लागु हुने छैन् । नेपालीहरुको ओभरस्टे दर जम्मा ३ दशमलव ३८ प्रतिशतमात्र रहेका कारण नेपालीका सन्दर्भमा यो नियम लागु हुनेछैन ।

भिजिटर भिसामा १० प्रतिशतभन्दा बढी ओभरस्टे दर भएका देशका नागरिकका लागि यो नियम लागु हुनेछ । आर्थिक बर्ष २०१९ को रिपोर्ट अनुसार यो दर निर्धारण गरिएको हो । 

नेपालसहित अफगानिस्तान, एंगोला, भुटान, बर्मा, बुरुण्डी, बुर्किना फासो, चाड, कंगो, इरान, लाओस, लिबिया, सुडान लगायतका देशको सन्दर्भमा भने यो नियम लागु हुनेछ । 

प्रकाशित: Nov 25, 2020| 06:55 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।