शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ८४ प्रतिशत नेपाली ठान्छन्- भ्रष्टाचार सबैभन्दा ठूलो समस्या

८४ प्रतिशत नेपाली ठान्छन्- भ्रष्टाचार सबैभन्दा ठूलो समस्या

८४ प्रतिशत नेपालीले सरकारबाट हुने भ्रष्टाचार सबैभन्दा ठूलो समस्या भएको बताएका छन्। 
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

काठमाडौं– ८४ प्रतिशत नेपालीले सरकारबाट हुने भ्रष्टाचार सबैभन्दा ठूलो समस्या भएको बताएका छन्। 

ट्रान्सपरेन्सी इन्टरनेसनलको ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया’ प्रतिवेदनअनुसार एसियाली मुलुकमध्ये सबैभन्दा बढी भ्रष्टाचार बढेको देश नेपाल भएको जनाइएको हो। 

ट्रान्सपरेन्सी इन्टरनेसनलले एसियाका १७ मुलुकमा सर्वेक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको हो।

प्रतिवेदनअनुसार ५८ प्रतिशत नेपालीले गत वर्षको तुलनामा भ्रष्टाचारले उँचाइ लिएको ठान्छन्। 

२३ प्रतिशतले भ्रष्टाचार हरेक वर्ष उस्तै रहेको र १८ प्रतिशतले भने घटेको बताएका छन्। 

१२ प्रतिशत नेपालीले सार्वजनिक संस्थामा काम गराए बापत् घुस दिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार ५० प्रतिशत नेपालीले राष्ट्रपति र प्रधानमन्त्री भ्रष्ट भएको जनाएका छन्। 

४३ प्रतिशत नेपालीले सांसद र सरकारी कर्मचारी भ्रष्टाचार गर्ने विश्वास गर्छन्। त्यस्तै ४० प्रतिशत नेपालीले स्थानीय जनप्रतिनिधि भ्रष्ट भएको ठान्छन्। २८ प्रतिशतले भने सुरक्षा निकायमा भ्रष्टाचार हुने बताएका छन्। 
 

प्रकाशित: Nov 25, 2020| 06:23 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।