शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘सहमतिका लागि प्रचण्ड र माधव नेपाललाई किन ढोग्नुपर्ने ? देउता हुन् उनीहरु ?’ 

‘सहमतिका लागि प्रचण्ड र माधव नेपाललाई किन ढोग्नुपर्ने ? देउता हुन् उनीहरु ?’ 

नेकपा प्रदेश २ का अध्यक्ष एवम् स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले दाहाल–नेपाल समूहको उक्त कार्यबाट उनीहरुले पार्टीमा नबस्ने इच्छा गरेको रुपमा अर्थ्याएका छन्। 
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) भित्र देखिएको विवाद औपचारिक रुपमा तल्लो तहसम्म विभाजनकै संकेतका रुपमा देखा परेको छ। 

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सचिवालयमा पेश भएको दस्तावेज र दाहाल–ओलीले आदानप्रदान गरेका पत्रहरु बुकलेटका रुपमा प्रकाशन गरेर तल्लो कमिटी तहसम्म वितरण गरेपछि विवाद झन् जटिल बन्ने देखिएको हो।

विवाद समाधानका लागि दोस्रो तहका नेताहरु सक्रिय भइरहेका बेला दाहाल–नेपाल समूहले सकुर्लर नै बनाएर डकुमेन्ट पठाएका हुन्। 

नेकपा प्रदेश २ का अध्यक्ष एवम् स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले दाहाल–नेपाल समूहको उक्त कार्यबाट उनीहरुले पार्टीमा नबस्ने इच्छा गरेको रुपमा अर्थ्याएका छन्। 

‘अरुलाई अनुशासनको पाठ सिकाउँछन्। आफैँ चाहिँ गलत क्रियाकलाप गर्दै हिँडछन्,’ उनले नेपाल समयसँग भने, ‘दस्तावेज कार्यकर्ताको बीचमा मात्रै होइन। सार्वजनिक रुपमा बाहिर गएको छ। पार्टीमा यस्तो काम गर्न मिल्छ ?’

अरुलाई अनुशासन भएन भन्ने नेताहरुबाटै भएको क्रियाकलाप पार्टीका लागि दुर्भाग्यपूर्ण भएको उनको तर्क छ। 

‘उनीहरुले जस्ता गतिविधिहरु जारी राखेका छन्, यो प्रष्ट रुपमा विभाजनको संकेत हो,’ उनले भने, ‘अब उनीहरुको देवत्वकरण गर्नुपर्ने र मान्नुपर्ने कुनै आवश्यकता छैन।’

पार्टी कसले फुटाउन खोजिरहेको छ भन्ने कुरा अब प्रष्ट भइसकेको भन्दै उनले नेता कार्यकर्ता र जनताले पनि दाहाल र नेपालका क्रियाकलापलाई नियालिरहेको दाबी गरे। के अझै सहमतिको वातावरण बन्न सक्छ ? भन्ने जिज्ञासामा उनले भने, ‘सहमतिको लागि के घुँडामा टाउको टेकेर उनीहरुलाई ढोग्नु ? देउता हो प्रचण्ड र माधव नेपालहरु ?’

१३ मंसिरमा बस्ने नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष दाहालले पेश गरेको दस्तावेजको लिखित रुपमा जवाफ दिने गरेर प्रस्ताव ल्याउने तयारी गरेका छन्। ओलीले ल्याउने प्रस्तावपछि नेकपाभित्रको विवाद समाधान हुन्छ वा कसरी अघि बढ्छ भन्ने निर्क्योल निस्कने छ। तर, पछिल्लो समय पार्टीभित्र देखिएको विवाद र नेताहरुको कार्यशैली हेर्ने हो भने गम्भीर मोडमा पुगेको देखिन्छ। 

प्रकाशित: Nov 25, 2020| 06:14 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।