शुक्रबार, भदौ २६, २०८३

आज र भोलि बालबालिकालाई भिटामिन 'ए' खुवाइँदै

बुधबार र बिहीबार (आज र भोलि) देशभरका ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ। 
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

काठमाडौं- बुधबार र बिहीबार (आज र भोलि) देशभरका ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ। 

परिवार कल्याण महाशाखाका अनुसार भिटामिन ‘ए’ सँगै जुकाको औषधि र बालभिटा खुवाउने कार्यक्रम छ। 

६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ देखि २३ महिनासम्मका बालबालिकालाई पोषक तत्त्व बालभिटा खुवाउने कार्यक्रम रहेको महाशाखाले जनाएको छ।

२७ लाख बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल पाउनेछन् भने ६ लाख बालबालिकाले बालभिटा र २४ लाख बालबालिकालाई जुकाको औषधि दुई दिनको अवधिमा खुवाइने महाशाखाले जनाएको छ।  

भिटामिन ‘ए’ कार्यक्रम देशभरका ५२ हजार स्वास्थ्य स्वयंसेविका सक्रियतामा सम्पन्न हुनेछ। 
 

प्रकाशित: Nov 25, 2020| 05:49 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।