शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा विवाद तल्लो तहसम्म, दाहाल समूहले पठायाे सबै दस्तावेज

नेकपा विवाद तल्लो तहसम्म, दाहाल समूहले पठायाे सबै दस्तावेज

सत्तारुढ नेकपाभित्रको पछिल्लो विवाद पार्टीको जिल्ला तहसम्म पुग्ने भएको छ।
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

काठमाडौं–  सत्तारुढ नेकपाभित्रको पछिल्लो विवाद पार्टीको जिल्ला तहसम्म पुग्ने भएको छ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेस गरेको राजनीतिक दस्तावेज,  सचिवालयका सदस्यले बैठक राख्न बुझाएको पत्र साथै ओली र दाहालबीच आदानप्रदान भएका पत्रसमेत समावेश गरेर दाहाल–नेपाल समूहले तल्लो कमिटीसम्म पठाएपछि विवाद जिल्ला तहसम्म पुगेको हो।

‘पार्टीले औपचारिक रुपले पठाएको होइन,  दस्तावेज र पत्रहरु प्रिन्ट गरेर अध्ययनका लागि साथीहरुले लग्नुभएको हो,’  दाहाल निकट एक नेताले भने।

२२ कात्तिकमा सचिवालयका बहुमत सदस्यहरुले बैठकको माग राखेर ओलीलाई बुझाएको पत्र,  त्यसको जवाफमा ओलीले २५ गते लेखेको पत्र, २८ कात्तिकको सचिवालय बैठकमा दाहालले दिएको प्रत्युत्तर र उनको दस्तावेज समेटेर तल्लो तहसम्म पठाइएको छ।

दाहाल–नेपाल समूहले पार्टीभित्रको विवाद समाधान भन्दा पनि बल्झाउने गरेर दस्तावेज तल्लो तहसम्म पर्‍याएको ओली पक्षको निष्कर्ष छ।

‘यसले राम्रो संकेत दिँदैन’, ओली निकट एक नेताले भने, ‘पार्टीभित्र छलफल भइरहेका बेला यस्ता गतिविधि हुनु किमार्थ राम्रो होइन।’

नेकपाभित्रको विवाद चर्किंदै जाँदा ३ मंसिरमा बसेको सचिवालयको बैठकमा ओलीले दाहालले पेस गरेको दस्तावेजको लिखित रुपमा नै जवाफ दिने गरेर प्रस्ताव ल्याउने बताएपछि नेकपाको बैठक १३ मंसिरसम्म स्थगित भएको छ।

प्रकाशित: Nov 25, 2020| 05:25 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।