शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मंगलबार रातीदेखि सम्पर्कविहीन प्रहरी नायव उपरीक्षक चौधरी सम्पर्कमा आए

मंगलबार रातीदेखि सम्पर्कविहीन प्रहरी नायव उपरीक्षक चौधरी सम्पर्कमा आए

हिजो रातिदेखि सम्पर्कविहीन भएका कैलालीको अत्तरियास्थित ईलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक भरतबहादुर चौधरी सम्पर्कमा आएका छन्। 
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

धनगढी- हिजो रातिदेखि सम्पर्क विहीन भएका कैलालीको अत्तरियास्थित ईलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक भरतबहादुर चौधरी सम्पर्कमा आएका छन्। 

हिजो राती ९ बजेसम्म सम्पर्कमा रहेका प्रहरी नायव उपरीक्षक भरतबहादुर चौधरी आज विहान कैलालीको बूढीतोलामा सकुसल फेला परेका हुन्।

राती सम्पर्क विहीन भएपछि खोजी थालेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिहले बताए। 

‘उहाँ सम्पर्क विहीन भएपछि रातीबाट हामी खोजी गरिरहेका थियौं’, प्रहरी वरिष्ठ उपरीक्षक सिंहले भने, ‘अहिले उहाँ सम्पर्कमा आइसक्नुभएको छ।’ दुर्गम क्षेत्रमा सूचना संकलनका लागि गएको भन्नुभएको छ,  थप अनुसन्धान गरिरहेका छौँ। 

स्रोतका अनुसार बुढीतोलामा रहेको एक होटलमा भेटिएका चौधरीलाई जिल्ला ल्याउने काम भइरहेको छ। 

अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत दुई जना प्रहरीको तस्करद्वारा विभत्स हत्या भएको घटनाको डेढ महिना नबित्दै गएरातीबाट प्रहरी नायव उपरीक्षक चौधरी एकाएक सम्पर्क विहीन भएपछि  कैलाली प्रहरीमा हलचल मच्चिएको थियो।

चौधरी सम्पर्क विहीन भएपछि राती नै उनको खोजीका लागि धेरै संख्यामा प्रहरी परिचालन भएको थियो। 

कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टको नेतृत्वमा चौधरीको खोजीका लागि राती नै प्रहरीको छुट्टाछुट्टै टोली परिचालन गरिएको थियो।

प्रकाशित: Nov 25, 2020| 05:04 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।