शुक्रबार, भदौ २६, २०८३

बर्दिबासमा प्रहरीको गोली लागेका सञ्जयको निधन

६ वर्षीया बालिका गुलबसा खातुनको हत्याको विरोधमा मंगलबार महोत्तरीको बर्दिवासमा भएको झडपमा प्रहरीको गोली लागेर घाइते भएका सञ्जय नामले परिचित बुद्धिराज न्यौपानेको काठमाडौमा निधन भएको छ। 
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

काठमाडौं– ६ वर्षीया बालिका गुलबसा खातुनको हत्याको विरोधमा मंगलबार महोत्तरीको बर्दिवासमा भएको झडपमा प्रहरीको गोली लागेर घाइते भएका सञ्जय नामले परिचित बुद्धिराज न्यौपानेको काठमाडौमा निधन भएको छ। 

हत्या गरिएकी ६ वर्षीया बालिका गुलबसा खातुनको शव पूर्व पश्चिम राजमार्गको बीच सडकमा राखेर विरोध गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको ढुंगामुढाको क्रममा प्रहरीले गोली चलाएको थियो। 

त्यसक्रममा बर्दिबास नगरपालिका १ का करिब ४२ वर्षीय न्यौपानेलाई  गोली लागेको थियो। गोली लागि गम्भीर घाईते भएका उनलाई तत्कालै बर्दिबासकै पिनाकल हस्पीटलमा भर्ना गरिएको थियो। 

त्यहाँ उपचार सम्भव नभएपछि मंगलबार नै हेलिकप्टरबाट ल्याएर काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत न्यौपालेको राति निधन भएको अन्यौपानेका भतिज सौगात न्यौपानेले बताए । यद्यपि प्रहरीले भने यसको पुष्टि भइनसकेको  जनाएको छ।  

बर्दिबास १ निवासी न्यौपानेको कम्मरभन्दा तल्लो भागमा गोली लागेको थियो ।  प्रहरीले बालिकाको हत्या विरुद्ध भईरहेको प्रदर्शनलाई तितरवितर पार्न दर्जनौँ राउण्ड अश्रु ग्यासका साथै हवाई फायर समेत गरेको थियो ।

प्रकाशित: Nov 25, 2020| 02:14 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।