शुक्रबार, भदौ २६, २०८३

नोबेल अस्पतालमा सुनसरीका दुई संक्रमितको मृत्यु

विराटनगर– नोबेल शिक्षण अस्पताल विराटनगरमा कोरोना संक्रमित २ जनाको मृत्यु भएको छ । 
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

विराटनगर– नोबेल शिक्षण अस्पताल विराटनगरमा कोरोना संक्रमित २ जनाको मृत्यु भएको छ । 

उपचारका क्रममा मंगलबार राति मृत्यु भएका दुवै जना सुनसरीका हुन् । सुनसरीको रामधुनी नगरपालिका–६ का ४० वर्षीय पुरुषकोे राति ११ः४० बजेतिर ज्यान गएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि हिजो दिउँसो अस्पताल ल्याइएका उनको पीसीआर परीक्षण गराउँदा साँझ रिपोर्ट पोजिटिभ आएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । 

धरान उपमहानगरपालिका–७ की ५० वर्षीया महिलाको राति ९ः१५ बजे मृत्यु भएको छ । दाहालका अनुसार महिलालाई कोरोना पुष्टि भएपछि उपचारका लागि मंसिर ६ गते अस्पताल भर्ना गरिएको थियो । महिलामा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने लगायतका समस्या रहेको उनले बताए ।  

दुवै शव व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको दाहालले बताए । 

प्रकाशित: Nov 25, 2020| 00:51 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।