शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली सरकारलाई संसारको कुनै पनि ताकतले गिराउन सक्दैन : सहरी विकासमन्त्री

ओली सरकारलाई संसारको कुनै पनि ताकतले गिराउन सक्दैन : सहरी विकासमन्त्री

सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले वर्तमान सरकार कुनै पनि हालतमा परिवर्तन नहुने बताएका छन्।
 |  मंगलबार, मंसिर ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०७७

विराटनगर-  सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले वर्तमान सरकार कुनै पनि हालतमा परिवर्तन नहुने बताएका छन्। 

विराटनगरस्थित सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ कार्यालयको एक कार्यक्रममा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले  नेपाली जनताले पाँच वर्षसम्म सरकार चलाउने म्यान्डेड दिएकाले आफ्नो अवधि पूरा नभएसम्म सरकार परिवर्तन नहुने बताएका हुन्। 

उनले भने, 'प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारलाई संसारको कुनै पनि ताकतले पनि गिराउन सक्दैन। यो नेपाली जनताको माया र शक्तिमा अडिएको सरकार हो।' 

उनले मुलुकको राजनीति स्थायित्व, विकास र समृद्धिका लागि आफ्नो पार्टीलाई दुई तिहाइ नजिकको जनताको समर्थन रहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार पूर्ण अवधिसम्म चल्ने बताए। 

यो सरकार नेपाली जनताको जनमतको शक्तिबाट बनेकाले प्रधानमन्त्री ओलीले पार्टी कार्यकालसहित पूरा पाँच वर्षे अवधि पूरा गरेर सरकारले इतिहास रच्ने दाबी  पनि उनले गरे। 

उनले नेकपा ठूलो पार्टी भएकाले पार्टीभित्र केही असहमति हुनु स्वाभाविकै भएकाले अहिले देखिएको विवादलाई कुशल व्यवस्थापन गर्न पार्टी नेतृत्व सक्षम रहेको बताए। उनले भने, 'नेकपा एउटा ठूलो घर जस्तो हो। ठूलो घरको ठूलै चाला हुन्छ।' 
 

प्रकाशित: Nov 24, 2020| 14:43 मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।