शुक्रबार, भदौ २६, २०८३

सबै देशमा नियमित उडानको अनुमति

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण जोखिमको अवस्था मूल्यांकन गरी सबै देशमा उडान अनुमति दिने निर्णय गरेको छ। 
 |  मंगलबार, मंसिर ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०७७

काठमाडौं- कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण जोखिमको अवस्था मूल्यांकन गरी सबै देशमा उडान अनुमति दिने निर्णय गरेको छ। 

मंगलबार बसेको सीसीएमसी निर्देशक समितिको बैठकले अहिले नियमित उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि उडान अनुमति दिने निर्णय गरेको हो।

यस्तो अनुमति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिनेछ। 

त्यसैगरी बैठकले विभिन्न सरकारी कार्यालयमा केही कर्मचारमिा संक्रमण देखिनेबित्तिकै सम्पूर्ण सेवा बन्द गर्ने प्रवृत्ति बढेको भन्दै त्यस्तो नगर्न पनि निर्देशन दिएको छ। संक्रमितलाई आइसोलेसनमा राखेर सेवा नियमित गर्न निर्देशन दिइएको हो।

प्रकाशित: Nov 24, 2020| 12:41 मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।